अन्तराष्ट्रिय पन्चाङ्ग निर्णय समितिद्वारा भाई टिकाको साईत सार्बजनिक, कुन देशमा कति बजे लगाउने ?

टेक्सास, अमेरिका
यस बर्षको दिपावली पर्ब यही कार्तिक ६ गते देखि शुरु हुँदैछ । नेपाली पात्रो अनुसार कार्तिक ६ गते यमपन्चक आरम्भ अर्थात काग तिहार परेको छ । यसै गरि कार्तिक ७ गते कुकुर तिहार, कार्तिक ८ गते गाई तिहार अर्थात लक्ष्मी पूजा, कार्तिक ९ गते गोबद्र्धन पूजा र कार्तिक १० गते भाई टिका परेको पन्चाँङ्ग निर्णय समितिले जनाएको छ ।
यसै सन्दर्भमा अन्तराष्ट्रिय पन्चाङ्ग निर्णय समितिले यस बर्षको भाई टिकाको उत्तम साईत सार्बजनिक गरेको छ ।
बिभिन्न देशमा बसोवास गर्ने सनातन हिन्दु धर्मालम्बीहरुमा भाई टिकाको उत्तम समयका बारेमा अन्यौलता हटाउन साईत सार्बजनिक गरिएको समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्य सचिब आचार्य लक्ष्मण पन्थीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
समितिका अनुसार नेपालको सन्दर्भमा यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।
टिका लगाउने उत्तम साइत ११:३७ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
समितिले सोमबार एक प्रेस बिज्ञप्ति जारी गरि बिभिन्न देशको समय अनुसार भाईटिकाको साईत जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x