अमेरिकाको क्यालिफोर्नियामा फेरि चल्यो गोली, सात जनाको मृत्यु


काठमाडौं माघ १० गते । अमेरिकाको उत्तरी क्यालिफोर्नियाका दुई स्थानमा भएका गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ । एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको हो । गोली चलाउने व्यक्ति ६७ वर्षीय छाउ चुलीरहेको प्रहरीले जनाएको छ। हाल उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

सो व्यक्तिले दुईस्थानमा गोली चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ। चारजनाको शव च्याउ फार्ममा र बाँकी तीनजनाको शव ट्रकिङ व्यवसाय भइरहेको स्थानमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ। गोली लागेर थप एकजना घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
5286 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x