अमेरिकाको टेक्सासमा गुञ्जियो नेपाली समुदायको देउसी भैलो

टेक्सास, अमेरिका
भनभन भाई हो, देउसिरे
जिपिएस लगाएर, देउसिरे
हामी आयौं, देउसिरे
देउसि खेल्न, देउसिरे
अमेरिकामा वसोवास गर्ने नेपाली समुदायले पनि दिपावली पर्वमा देउसी भैलो खेल्छन भन्ने उनले कल्पना पनि गरेकि थिईनन् । तर गत बुधबार बेलुकी देउसी गाउँदै एकाएक घरआँगनमा सुदूरपश्चिमेली टोली पुगेपछि ड्यालस मिकिनीकी ६३ वर्षीय फेडेदेबी नाथ झसङग भइन ।
नेपालको झल्को दिने गरी देउसी खेल्न आएको सुदूरपश्चिमको भैलो टोलीलाई उनले घरभित्र लगेर स्वागत गरिन् । देउसी टोलीसँगै फेडेदेबीले धित मरुन्जेल देउसी खेलिन्, गित गाएर रमाइलो गरिन् ।
‘शुरुमा त मलाई अमेरिकामा पनि देउसी भैलो खेल्छन भन्ने विश्वास नै लागेको थिएन्,’ उनले भनिन्, ‘घर आँगनमा टोली पुग्दा आफू सुदूरपश्चिममै रहेको अनुभव भयो ।’ दार्चुला जिल्लाको गोकुलेश्वर निवासी नाथ बिगत ६ बर्ष देखि छोरासँगै अमेरिकाको टेक्सास स्थित मिकिनीमा बसिरहेकी छन् ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासले यस वर्षको दिपावली पर्वको अवसर पारी देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो । दिपावलीको अवसरमा आयोजना गरिएको देउसी भैलो कार्यक्रममा दर्जनौं सुदूरपश्चिमेलीहरुले सँगै देउसी भैलो खेलेर मातृभूमीको सम्झना गर्नुका साथै रमाईलो गरे ।
हाल टेक्सासको युलेसका बस्दै आएका नेपालका पूर्ब राष्ट्रिय भलिवल खेलाडी कैलाश भट्ट पनि देउसीमा रमाए । आफै गीत भट्टयाए, कम्मर मर्काए । सुदूरपश्चिमेलीहरु सँगै देउसी खेल्न पाउँदा निकै खुशी लागेको भट्टले बताए ।
मिकिनीकै रामचन्द्र भट्टले पनि आफ्नो घरमा सुदूरपश्चिमको देउसी भैलो टोली पुग्दा निकै खुशी भए । ‘आफ्नै गाउँघरमा पुगेको अनुभूति भयो,’ उनले भने, ‘अमेरिकाको व्यस्त जीवन शैलीका कारण चाडपर्ब मनाउन समय ब्यवस्थापन गर्नै पर्दछ । यस्तोमा आफ्नो संस्कृतिको जर्गेनाको साथै देउसीमार्फत न्यास्रो पनि मेटियो।’
सुदूरपश्चिम नेपाली समाज टेक्सासले हरेक बर्ष नेपाल तथा सुदूरपश्चिमका महत्वपूर्ण चाडपर्बहरुमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । अरु समयमा काममा ब्यस्त भएपनि नेपाली महत्वपूर्ण चाडपर्बहरुमा नेपालीहरु समय निकालेर सँगै जमघट गर्ने, रमाईलो गर्ने र सुख दु:ख साटासाट गर्ने गर्दछन ।
नेपाली धर्म, सँस्कृति तथा चाडपर्बहरुले नेपालीहरुलाई जहाँ भएपनि एकताको सुत्रमा बाँधेको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज योगीको धारणा रहेको छ । टेक्सासका बिभिन्न स्थानमा रहेका सुदूरपश्चिमलीहरुलाई एकै स्थानमा जम्मा गरेर हरेक बर्ष समाजले गौरा पर्ब, होली पर्ब, बिसु पर्ब, दशैं तिहार पर्ब लगायत नेपाली चाडपर्बहरु मनाउदै आएको अध्यक्ष योगीले बताउनु भयो ।
समाजले सुदूरपश्चिमेली युवाहरुलाई खेलकुदका क्षेत्रमा पनि आकर्षित गराई रहेको छ । अमेरिकाका बिभिन्न स्थानमा नेपाली समुदायले आयोजना गर्ने भलिवल प्रतियोगितामा सुदूरपश्चिम टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको अध्यक्ष योगीले जानकारी दिनु भयो ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासले मात्र होईन टेक्सासका बिभिन्न स्थानमा रहेका नेपाली समुदायले पनि यस बर्षको दिपावली पर्ब धुमधामका साथ मनाएका छन ।
टेक्सास स्थित नेपाली समाज टेक्सास, लुम्बिनी सेवा समाज, ग्रेटर अस्टिन नेपाली समाज अस्टिन लगायतका सँस्थाहरुले देउसी भैलो कार्यक्रम आयोजना गरेर दिपावली पर्ब मनाएको सम्बन्धित सँस्थाले सामाजिक सन्जाल मार्फत सार्बजनिक गरेका छन ।

तपाईको प्रतिक्रिया के छ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x