अमेरिका-भारत सम्बन्धको आरोह र अवरोहको यात्रा

विपिन देवः अमेरिका र भारतको दौत्य सम्बन्ध ७५ वर्ष पुगिसकेको छ । दुई देशबीच विभिन्न कार्यक्रमहरूको माध्यमबाट द्विपक्षीय सम्वन्धको बारेमा गन्थनमन्थन भइरहेको छ । अमेरिका-भारत समबन्धको धरातल दर्शनमा आधारित रहेको छ । सन् १८४९ मा अमेरिकी दार्शनिक थौरोले “सिभिल डिसऔविडिएन्स” को प्रस्तावना सार्वजनिक गरेका थिए । जसमा राज्यले आप्mनो दायित्व निर्वाह नगरेको खण्डमा नागरिकले राज्यलाई कर तिर्नुपर्दैन भने थौरोको तर्क रहेको थियो । थौरोको दार्शनिक चेत गान्धीको सूत्रमा अवतरित भयो । गान्धीले थौरो विचारलाई सूत्रात्मक रुपले प्रयोग गर्दै अफ्रिकादेखि भारतसम्म साम्राज्यवादलाई चुनौती दि‘दै स्वतन्त्रता र समानताका लागि निशस्त्र युद्ध गरे ।

गान्धीको सूत्रात्मक प्रयोगलाई मार्टिन लुथरले रङ्गभेद विरुद्धको लडाईमा अमेरिकामा प्रयोग गरे । यही विचारको धरातलमा ओभामा अमेरिकाको राष्ट्रपति हुन पुगे । यही पृष्ठभूमिमा डा. लोहियाको अभिव्यक्ति पनि रोचक हुन सक्दछ । डा. लोहिया रङ्गभेदको विरुद्धमा अमेरिकामा सत्याग्रह गरेका थिए । सत्याग्रह गर्ने क्रममा नै उनले उद्घोष गर्दै भनेका थिए कि आउने दिनमा अमेरिकामा अस्वेत राष्ट्रपति हुने छ । ओभामा राष्ट्रपति चयन हुनु डा. लोहियाको भविष्यवाणीको पृष्टि थियो । त्यस्तै भारतीय दर्शन र चिन्तनलाई पश्चिमा समाजमा पैmलाउनु अमेरिकी मञ्चको प्रयोग स्वामी विवेकानन्दले सन् १८९३ मा गरेका थिए । सन् १९४३ मा रुजवेलटले भारतको स्वतन्त्रताको पक्षमा अभिव्यक्ति दिएका थिए । चर्चिललाई रुजवेलटको सुझाव पाच्य भएको थिएन । भारतीय स्वतन्त्रता सङ्ग्राम अमेरिकी चिन्तन र दर्शनको गहिरो प्रभाव थियो । अम्वेडकर र जयप्रकाश नारायण अमेरिकी विश्वविद्यालयवाट नै शिक्षित र दिक्षित थिए ।

भारतका प्रथम प्रधानमन्त्री नेहरुप्रति अमेरिकी नेतृत्वको कुनै खास अकर्षण थिएन । सन् १९४८ का अमेरिकी राष्ट्रपति ट्रमेनले एक पत्र लेख्दै भारतस्थित अमेरिकी राजदुत नेहरुको गतिविधि प्रति सचेत रहन आदेश गरेका थिए । नेहरुको कुर्सिमा वस्ने शैली कम्युनिष्ट नेता जस्तो रहेको कुरा ट्रमेनको बुझाइ थियो । नेहरु सोभियत रुसको परिर्वतनवाट सम्मोहित रहेको कुरा अमेरिकी राष्ट्रपतिलाई ज्ञात थियो । सन् १९६२ भारत चीन युद्धताका अमेरिकी सहयोग र सहानुभूति भारतलाई प्राप्त भएको थियो । हुनतः अमेरिकी राष्ट्रपति नेहरुको असंलग्न परराष्ट्रनीतिलाई उपहास गरेका थिए । तैपनि केनेडीले भूराजनीतिक अवस्थाअनुसार भारतप्रति सद्भाव जाहेर गरेका थिए । अमेरिकाले खाद्यान्न, कृषि क्रान्ति, आई.आई.टी कानपुर जस्ता शोध संस्थानका लागि भारतलाई मद्दत गरेका थिए । भारत र अमेरिका बिचको सम्बन्ध सन् १९७१ म अति नै चिसिएको थियो ।

इन्दिरा गान्धी पाकिस्तानलाई विभाजन गर्दै नयॉ देश बङ्गलादेशको धाईआमा बन्न पुगेकी थिइन । जुन निक्सन र किसिनजरलाई पाच्य थिएन । कूटनीतिक मार्यादालाई उल्लङ्घन गर्दै निक्सनले इन्दिरालाई “बोम्सी” समेत भनेका थिए । सन् १९७१ पश्चात् अमेरिका-भारत सम्बन्ध शिथिल अवस्थामा थियो । नब्बेको दशकमा सोभियत विघटन पश्चात् भारत आर्थिक उदारीकरणको युगमा प्रवेश ग¥यो । विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको उदारीकरणको यात्रालाई अनुमोदित गरे । नरसिंहा रावको नेतृत्वमा भारत ३.५ बाट ८.५ सम्म आर्थिक वृद्धिदर हासिल गर्न सफल भयो । भारतको परिर्वतित आर्थिक अवस्थालाई अमेरिकी पू‘जी बजारले पनि स्वागत गरे जसको गहिरो प्रभाव कूटनीतिक परिदृश्यमा समेत देखियो । सन् १९९८ मा प्रधानमन्त्री अटल विहारी बाजपेयीको नेतृत्वमा भारतले परमाणु परीक्षण ग¥यो । अमेरिकी नेतृत्व आक्रमक हु‘दै भारतमाथि आर्थिक नाकावन्दीको बोझ थपिदिए । तर अमेरिकी राष्ट्रपति क्लिटनको भारत यात्रामा साथै आर्थिक नाकावन्दी समाप्त भयो । बाजपेयी र क्लिटनको संयुक्त समझादरीमा दुई मुलुकहरूले संस्थागत संरचनाको विकास गरे । दुई मुलुकहरू विचको समस्याहरूलाई सम्बोधन गर्न विभिन्न संयन्त्रहरूको संस्थागत विकास गरे । वाजपेयीले अमेरिकालाई “नेचुरल एलाए”को रुपमा सम्वोधन गरे ।

सन् २००६ ताका भारत अमेरिका बिच परमाणु सम्झौता समेत भयो । डा. मनमोहन सिंहले उक्त सम्झौतालाई आप्mनो कार्यकालको सबभन्दा ठुलो सफलताको रुपमा लिएका छन् । बर्तमान परिवेशमा भारत(अमेरिका सम्बन्धले एक नयॉ उचार्इं लिएको छ । वर्तमान परिवेशमा अमेरिका भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार रहेको छ । अमेरिका भारत बिच १५६ विलियनको व्यापार रहेको छ । भारतले २० विलियनको हात हतियार मात्रा अमेरिकासंग खरिद गरेको छ भने १४ विलियनको इन्धन समेत आयात गर्ने गरेको छ । भारतीय बजारमा २ हजार अमेरिकी कम्पनीहरूले निवेष गरेका छन् भने भारतका २ सय कम्पनीहरूले समेत अमेरिकी बजारमा निवेष गरेका छन् । भारतमा वर्षेनी १२ लाख अमेरिकी पर्यटकहरू आउने गरेका छन् । अमेरिकी पर्यटकहरू भारतमा ३ विलियन खर्च गर्ने गरेका छन् । सन् २००८ देखि भारतले शोध संस्थान र विश्वविद्यालयमा अमेरिकी विद्यार्थी र शोधार्थीलाई आर्कषण गर्न नेहरु फुलब्राइट कार्यक्रम समेत परिचालित गरेको छ ।

प्रत्येक वर्ष ४,००० अमेरिकी विद्यार्थीहरू भारतमा अध्ययन गर्ने गरेका छन् । तर अमेरिकी विश्वविद्यालयहरूमा २ लाख भन्दा अधिक विद्यार्थीहरू अध्ययन गरिरहेको छ । एक तथ्याङ्क अनुसार भारतीय विद्यार्थीहरू अमेरिकी विश्व विद्यालयमा आप्mनो अध्ययन र अनुसंधानको क्रममा ५ विलियन अमेरिकी डलर खर्च गर्ने गरेको छ । वाइडेन प्रशासनले भारतीय मूलका विज्ञहरूलाई उच्च महत्व दिएको छ । हालसम्म ६० वटा उच्च स्तरीय दायित्वमा भारतीय मूलका अमेरिकीहरू न्यूक्त भएका छन् । हुनतः भारतीय मूलका अमेरिकी नागरिकहरू ४० लाख भन्दा बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

वर्तमान अवस्थामा कूटनीतिक स्तरमा समेत भारत अमेरिकी सम्बन्धले नयॉ उचाई लिएको छ । हिन्दमहासागरीय क्षेत्र अमेरिका र भारतको “लाईफ लाइन” रहेको छ । चीनको बढ्दो दवदवालाई मध्य नजर गर्दैैै अमेरिका, अस्ट्रेलिया, जापान र भारतले हिन्दमहासागरीय क्षेत्रमा क्वाडको छातामुनि विभिन्न कार्यक्रमहरू परिचालित गरेको छ । क्वाडले सामुद्रिक सुरक्षालाई मध्यनजर गर्दै समय समय चर्तुभुजीय सैनिक अभ्ययास समेत गरेको छ । कोरोनाको कहरमा क्वाड आवद्ध यी मुलुकहरू ६७० मिलियन कोरना खोप हिन्दमहासागरीय क्षेत्रमा देशहरूलाई अफ्रिकी मुलुकहरूलाई समेत उपलब्ध गराएको देखिन्छ । आए.टु.यु.टु (अमेरिकी, यु.आ.इ, इजरायल, भारत) जस्ता गठवन्धनले समेत भारत अमेरिकी सम्वन्धलाई सघन बनाएको छ ।

यी समधुरता बिच पनि भारत र अमेरिका बिच युक्राइन, अफगानिस्तान, इरान, पाकिस्तान लगायत विभिन्न मुद्दाहरूमा पृथक दृष्टिकोण रहेको छ । तर यी दुईवटै मुलुकहरूले यी मदभेदलाई विभिन्न कूटनैतिक संयन्त्रद्वारा चिरफार गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x