आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी हो –गृहमन्त्री लामिछाने


काठमाडौं माघ १० गते । ऐनको कार्यादेश अनुसार पृथकतावादी एवं आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी रहेकाले सङ्गठनलाई त्यसका लागि तयार पार्नुपर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताएका छन् । काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा आयोजित २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा गृहमन्त्री लामिछानेले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन र अध्ययन गरी सशस्त्र प्रहरीको जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याका हुन ।

सशस्त्र प्रहरी बलले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिहरूको सुरक्षा, औद्योगिक एवं राजस्व सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा उनले प्रशंसा पनि गरेका छन् । यसअघि निरीक्षण भ्रमणका क्रममा भने बमोजिम राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको आधारभूत आवश्यकताको रुपमा रहेको बसोबास, बन्दोबस्ती, लत्ता कपडा, हातहतियार उपलब्ध गराउनेतर्फ मन्त्रालयले पहलकदमी सुरु गरिसकेको गृहमन्त्री लामिछानेले जानकारी गराएका थिए ।

सशस्त्र प्रहरीले गरेका हरेक क्रियाकलापबाट समाज, देश र जनताले शान्ति सुरक्षासँग विकासको अनुभूत गर्न सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री लामिछानेले “सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलमार्फत सुरक्षा र विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको र जसबाट सीमा क्षेत्रको भौतिक विकासको साथै सीमा क्षेत्रका जनताको मनमा देश प्रेम र राष्ट्रभक्तिको भावना झनै वृद्धि हुने विश्वास लिएको बताएका छन् । उनले विपद् व्यवस्थापनमा थप जनशक्ति निर्माण गर्न, स्रोतसाधन उपलब्ध गराउन र आवश्यक नीति निर्माणमा मन्त्रालयले विशेष भूमिका खेल्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
6669 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x