गायक समिरले गन्धर्व जातिप्रति हेयभाव राख्दै नयाँ गीतमा ‘मुला गाईने’ भनेपछि…..

केही दिन पहिले चर्चित गायक समिर आचार्यको नयां गीतको टिजर सार्वजनिक भयो । गीतको बोल थियो धानको बाला लरीलरी । गायक समिरको यो गीत भिडियो सहित केही दिनमा सार्वजनिक हुंदैछ । टिजर हेर्दा गीत र भिडियो दुवै राम्रै बनेको छ । तर गीतमा प्रयोग भएको मुला गाईने शब्दले भने जातिय विभेदमाथी प्रश्न गर्ने ठाउ सृजना गरेको छ ।
जसरी अन्य जातिलाई हेपेर अनेक उपजात थपिन्छ त्यसैगरी गाईने शब्द गन्धर्व जातिसंग सम्बन्धित शब्द हो । कतिपय नेपाली नागरिकता त अझै पनि गन्धर्व नलेखी गाईने लेखिएका समेत छन् ।
यदि हेपाहा दृष्टिले हेर्ने हो भनेपनि त्यो सरासर गलत हो र कसैको थर पनि हो भने त्यो मुला गाईने जस्तो ठाडो अपमान कसैको पहिचान माथी गर्न सायद नपाईने हो । तर एक पछि अर्को करोड क्लवका गीतहरु गायने गायकले नै शब्दको हेक्का नगरी गीत निकाल्दै छन् ।
अझ प्रश्नै गर्नुपर्ने कुरा त के भने गायक आचार्य अफैंले सो गीतको शब्द लेखेका हुन् र संगीत समेत भेरका हुन् । गायिका विद्या तिवारीसंगको युगल आवाजमा तयार भएको गीतका लय संकलन समेत आफैं रहेका समिरले ‘मुला गाईने ‘भनेर भिडियोमा भने पनि यनको गीतमा सारंगी बजायने पनि त्यहि गाईने भनियको गन्धर्व नै हो ।
धर्म गन्धर्वको सारंगी, खड्क बुढा मादल, अनुप दास बेस गीतार रहेको यस गीतको संगीत संयोजन भने मोहित मुनालले गरेका हुन् ।
कलाकार प्रियना आचार्य र प्रविण खरेलसंगै गायक समिर स्वयंको समेत अभिनय रहेको यस गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।
कोरियोग्राफर राजिव समिर रहेको भिडियोलाई बुद्ध थापाले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन ।
केही साता पहिले मात्रै धरानका मेयर हर्क राईले दलिद समुदायलाई चमारे बनेको भन्दै देश विदेशमा रहेका दलिदवर्गले विरोध जनायका थिए । यसरी विरोध जनायनेमा चर्चित गायक शिव परियारको स्ट्टस समेत सांगीतिक क्षेत्रमा चर्चामा नै थियो । शिव परियार आफैंले चमारे शब्द लेख्न बोल्न नपाईने भन्दै सार्वजनिक विमत्ती जनाउन्दै जोगी शब्द प्रयोग गरेका थिए । जोगी शब्दले कारण गीरि पुरी भारति सन्यासी समुदायलाई प्रतिनिधित्व गर्ने भएकाले ति वर्ग सहित धेरैले शिवको भनाईको खण्डन समेत गरे ।
यि र यस्ता कुरा जान्दा जान्दै गायक समिर आचार्यले प्रयोग गरेको गाईने शब्द र गालीका रुपमा पछिल्लो समय विकृतीका रुपमा मौलाएको मुला थेगो यत्तिको राम्रो गायकको गीतमा प्रयोग गर्नु अस्वभाविक पक्कै देखिन्छ । बालबालिकाले हेरेर यहि शब्द बोले भने कस्तो सुनिन्छ ? यहि कारण देखाएर गायक समिरलाई कारवाही गर्ने कि नगर्ने ?
जातका कुरा चल्ना साथ तातिहाल्ने हाम्रो देशमा एक चर्चित गायकले गरेको यो कामलाई दर्शकले र ति समुदायका मानिसहरुले कसरी बुझ्ने छन्, हेर्ने छन् , त्यो त गीत रिलिज भएपछि थाहा भै हाल्छ । तर मनोरञ्जनका नाममा कुनै पनि संप्रदायलाई हेयभाव राख्नु, बोल्नु, बोलाईनु गलत भने पक्कै हो र देशको कानुनत आदेशमाथिको उल्लघंन समेत हो ।