गुणस्तरहीन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउनुपर्छ –इन्दिरादेवी गौतम

7996
Shares
काठमाडौं माघ १० गते । गुणस्तरहीन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले सरकारको ध्यानाकर्षण गराएकी छिन् । आज राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहीन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताइन् । नागरिकको स्वास्थ्यमा असर पर्ने भएकाले सम्बन्धित निकायले औषधिको चेक गर्नुपर्ने उनको भनाइ छ ।
गुणस्तरहीन औषधिलाई बिक्री वितरण रोक्नुपर्ने उनको भनाइ छ ।उनले अहिले बजारमा गुणस्तरहिन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्नेकुरा सुन्नमा आइरहेको बताएकी छन् ।
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1