जे.पी., वी.पि र लोहियाः भारतीय स्वतन्त्रता संग्रामका महानायकहरू

विपिन देवः भारतीय स्वतन्त्रता संग्राम एक किसिमले दार्शनिक महाकुम्भ थियो । विभिन्न दार्शनिक प्रस्तावनाहरूको माध्यमबाट स्वतन्त्रता संग्रामका सेनानीहरू आन्दोलनको राप र तापलाई बढाउ‘थे । सम्पूर्ण दार्शनिक प्रास्तावनाहरूलाई मिलनविन्दुमा ल्याउने काम माहात्मा गान्धीले गरेका थिए । भारतीय राष्ट्रिय काङ्ग्रेसको सारथीको रूपमा चर्खाधारी मोहन (महात्मा गान्धी) थिए । भारतीय राष्ट्रिय काङ्ग्रेसको छातामुनि तेजस्वी र प्रतिभाशाली युवा पङ्क्ति थियो । अर्चाय नरेन्द्र देव, डा. राममनोहर लोहिया, जयप्रकाश नारायण, वी.पि. कोइराला, मिनु मसानी, अशोक मेहत्ता जस्ता नेतृत्व पङ्क्तिले गान्धीलाई भारतीय स्वतन्त्रताका लागि मात्र नेता स्वीकार गरेका थिए । खास अर्थमा भन्ने हो भने यी व्यक्तित्वहरूले राष्ट्रिय काङ्ग्रेसलाई समेत धनधान्य समृद्धिहरूको पार्टी भन्ने गर्थे । छुट्टै आर्दश, पहिचानका लागि राष्ट्रिय काङ्ग्रेस झण्डामुनि “भारतीय समाजवादी पार्टी” यिनीहरूले स्थापित गरेका थिए । जयप्रकाश नारायण, वी.पि. र डा. लोहियामा गान्धीको गहिरो प्रभाव भएता पनि यिनीहरू आफ्ना उषा कालमा माक्र्सवाद मोहित थिए ।

जयप्रकाश नारायण अमेरिकी विश्वविद्यालयबाट पठित थिए । समाजशास्त्रको अध्येता जे.पी.को माक्र्सवादमा गहिरो अभिरुची थियो । भारतको स्वतन्त्रता आन्दोलमा भारतको कम्युनिष्ट नेतृत्व पङ्क्तिको कार्यशैलीले गर्दा जे.पी.को कम्युनिष्ट पार्टीमा आर्कषण भएन । भारतको राष्ट्रिय आन्दोलनलाई कम्युनिष्ट नेतृत्व गण राजा र महाराजाहरूको आन्दोलनको रूपमा व्याख्या गर्थे । महात्मा गान्धीको नेतृत्वको आन्दोलनप्रति भारतेली कम्युनिष्टहरूको सदभावना थिएन । जे.पी.लाई महात्मा गान्धीको भारतीय स्वतन्त्रताको प्रस्तावना सम्मोहित गरेको थियो । त्यस्तै वी.पि. कोइराला साहित्य र वौद्धिक प्रतिभाको माध्यमबाट भारतको राजनीतिमा आफ्नो पहिचान बनाइसकेका थिए ।

नेहरुको आर्थिक कार्यक्रम प्रति पनि जे.पी. सम्मोेहित थिएनन् । भारत स्वतन्त्र हुने वित्तिकै जे.पी.ले समाजवादको मर्म अनुसार आर्थिक विसमता र असमानतालाई न्यूनीकरण गर्न समाजिक क्षेत्रमा उर्जा र शक्ति प्रयोग गरे । विनोभा भावेसंग सहकार्य गर्दे भारतमा भूदान आन्दोलन चलाए । भूदान आन्दोलन मार्फत् धनी वर्गले गरिब र निर्धन वर्गलाई जग्गा दान दिनु थियो । यो वास्तवमा माक्र्सवादको विकल्पको प्रस्तावना थियो । यो गान्धीको “ट्रस्टसीप” को प्रयोग थियो । जे.पी.ले अहिंसात्मक ढङ्गले हृदय परिर्वतनको सिद्धान्तद्वारा दमित र पीडित वर्गहरूमा सम्पन्नता र अवसरको बाटो प्रदान गरे । साथ साथै कुख्यात डाँका समूह “चम्मल घाँटी”लाई गान्धीको सिद्धान्त प्रयोग गर्दै बन्दुक विर्सजन गर्न हृदय परिर्वतन गराए । जे.पी.को सहोदार भाइको मित्र हुनुले गर्दा जे.पी. र वी.पि.को बिच भ्रातृत्व र सौहार्दता पनि उदाहरणीय थियो । सन् १९३० ताका नै जीवनकै किशोर अवस्थामा वी.पि.लाई अङ्ग्रेज शासनले अङ्ग्रेज विरोधी आरोपमा कैद गरेका थिए भने “भारत छोड” आन्दोलनताका वी.पि.लाई कुख्यात कारागार हजारीवाग लामो अवधिसम्म जेल चलान गरिएको थियो । डा. राममनोहर लोहिया पनि भारतीय स्वतन्त्रता संग्रामका अब्बल सिपाही थिए । जे.पी. वी.पी. र डा. लोहियाको समाजवाद सम्बन्धी दार्शनिक प्रस्तावना वर्तमान परिवेशमा वडो रोचक देखिन्छ ।

जे.पी. भारत स्वतन्त्रता पश्चात सत्ता र शक्तिको राजनीतिमा अभिरुची देखाएन । पण्डित नेहरुले वारम्वार मन्त्रीमण्डलमा भाग लिन निमन्त्रण गरेता पनि जे.पी.को कुनै आर्कषण थिएन । जे.पी.लाई दलीय राजनीतिले आर्कषण गरेन । भष्ट्राचारको केन्द्रविन्दु नै राजनीतिक दल हो भने जे.पी.को जिकिर थियो । तर सत्तरीको दशकमा भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी प्रजातन्त्रको वाटोबाट विचलित भएकी थिइन् । गान्धी, नेहरु र पटेल जस्ता नेताहरू राजनीतिक क्षितिजमा थिएन । सम्पूर्ण राजनैतिक दलहरूले जे.पी.लाई नै गुहारे । अदम्य नैतिक सार्मथ्य र सत्ता मोहवाट मुक्त जे.पी.ले “सम्पूर्ण क्रान्ती”को आन्दोलनवाट भारतलाई प्रजातान्त्रिक लिकमा अवतरित गर्यो । जे.पी. आन्दोलन भारतीय प्रजातान्त्रीक आन्दोलनको महत्वपूर्ण पाठ हो ।

वी.पि.कोइरालाको सम्वन्ध र सम्र्पक व्यापक थियो । बनारस, पटना र कलकत्तामा उनको पठन पाठन भएकोले गर्दा भारतका उच्च नेतृत्व पङ्क्तिसंग उनको सिधै सम्र्पक थियो । भारतीय स्वतन्त्रता संग्रामका उनको भूमिकाले गर्दा भारतका उच्च नेतृत्व वि.पि.प्रति सद्भाव र सहानभूति राख्थे । वी.पि.ले त्यो सहानभूतिलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा पूंजीकृत गर्न चाहन्थे । सुन्दरीजलको आमरण अनसनताका वी.पि.को शरीर जीर्ण अवस्थामा पुगिसकेको थियो । गणेशमानजी र किशुनजीले गान्धीको अद्भुत सांकेतिक अभिव्यक्तिवाट कम्पित हु‘दै राणाहरूले वी.पि.लाई मुक्त गरेका थिए । वी.पी.को समाजवादको प्रस्तावना नेपालमा उपयोगी देखिन्छ । जे.पी. र वी.पि का साथै डा. लोहिया भारतीय स्वतन्त्रता संग्राममा मुर्धन्य व्यक्तित्व हुन । डा. लोहियाले मार्क्सवादलाई प्रतिवाद गरेका थिए । उनको कृति “मिसिङ्ग प्वाइन्ट इन मार्क्सवाद”मा मार्क्सवादको प्रयोगलाई प्रश्नको घेरामा राखेका छन् । डा. लोहिया समाजवादको व्याख्या गर्दा इतिहासको चक्रीय नीतिलाई समेत व्याख्या गरेका छन् । उनका कृति “विल्स ऑफ हिष्ट्रि”ले परिर्वतनको अपरिहार्यतालाई जोड दिएका छन् । गान्धीको सत्याग्रहको धरातलीय प्रयोग गर्ने डा. लोहिया नै थिए । डा. लोहियाले आफ्नो दार्शनिक प्रस्तावनालाई “सप्तक्रान्ति”को रूपमा नामकरण गरेका छन् ।

जे.पी. वी.पि र लोहिया समाजवादका नक्षत्रहरू हुन् । यी मुर्धन्य व्यक्तित्वलाई कुनै खास समय, खास भूगोल र खास राजनीतिक दलले छेक्न सक्दैन । यी व्यक्रित्वहरू मानव सभ्यताको नासो हो ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x