टेक्सासमा रहेका थारु समुदायद्वारा माघी पर्ब धुमधामका साथ मनाईयो


टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासमा रहेका थारु समुदायले यस बर्षको माघी पर्ब आईतबार धुमधामका साथ मनाएका छन । टेक्सास थारु समाजको आयोजनामा माघी पर्ब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको समाजका सचिब रामकुमार चौधरीले बताउनु भयो ।
सचिब चौधरीका अनुसार टेक्सासको अर्भिङमा आयोजना गरिएको माघी पर्ब कार्यक्रममा थारु पोशाक, थारु परिकारको प्रदर्शनी गरिएको थियो ।
माघी पर्बको अवसरमा सेल रोटी, माछाको परिकार, तरुल, लड्डु, ढिक्री रोटी लगायतका परिकारका साथै सहभागिहरुलाई भोजन गराईएको थियो । कार्यक्रममा थारु महिलाहरु थारु पोशाकमा सजिएर आएका थिए ।
अमेरिकाको व्यस्त जीवनशैलीका कारण माघी पर्बमा सामुहिक भेटघाट गर्ने, सुख दुःख साटासाट गर्ने, रमाईलो गर्ने गरिएको कार्यक्रमका सहभागि थारु अगुवा गीता चौधरीले बताईन ।
कार्यक्रममा थारु अगुवाहरु रामकुमार चौधरी, गिता चौधरी, मनिषा चौधरी लगायतका बक्ताहरुले एकताबद्ध भएर प्रवासमा थारु पहिचान, सँस्कृतिको सँरक्षण गर्नु पर्ने र थारु सँस्कृतिलाई क्रमस पुस्तान्तरण गर्दै लैजानु पर्ने कुरामा जोड दिनु भएको थियो । केही समय यता अमेरिकाको टेक्सासमा थारु समुदायको बसोबास बढ्दो क्रममा रहेको छ ।
थारू समुदायले माघ १ गते अर्थात माघी सँक्रान्तीलाई नयाँ वर्षका रूपमा स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व धुमधामका साथ मनाउने गर्दछन ।
थारु अगुवाहरुका अनुसार सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ ।
माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ नेपालको तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।
माघी सँक्रान्तीको बेलुका घरमा ठूलाठूला मुढा बालेर धुनी जगाउँनुका साथै चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गर्दछन । माघी पर्बको अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन थारु समुदायमा रहेको छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने जनबिश्वास समेत रहेको पाईन्छ ।
विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा रहेको छ ।

तपाईको प्रतिक्रिया के छ?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
7365 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x