नेपालगञ्जमा फैलिएको दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने–स्वास्थमन्त्री गिरी

7326
Shares
काठमाडौं माघ ९ गते । स्वास्थ तथा जनसंख्यामन्त्री पदम गिरीले नेपालगञ्जमा फैलिएको दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने बताएका छन्। स्वास्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गिरीले दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने बताएका हुन्।
स्वास्थमन्त्री गिरीले नेपालगन्जमा दादुरा फैलिएपछि अनुगमनमा पुगेका मन्त्री गिरीले त्यहाँको अवस्था बुझेपछि दादुरा नियन्त्रणको काम भइरहेको र पूर्ण रुपमा नियन्त्रणमा आउन एक महिना लाग्ने जनाएका छन् । फरक प्रसंगमा उनले गुणस्तरीय स्वास्थ्य सेवा आम मानिससम्म पुर्याउन स्वास्थ्य पूर्वाधारलाई अगाडि लैजानुपर्ने देखिएको बताएका छन् ।
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1