प्राविधिक कठिनाइका विषयमा छलफलमा छौँ, मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ–मुख्यमन्त्री शर्मा

काठमाडौं माघ ९ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उहाँले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिएका छन् ।

“अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौँ”, उनले भने “सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन । मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक कठिनाइका विषयमा छलफलमा छौँ ।”

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताएका छन् । मन्त्रालय समायोजनको कुरा मुख्यमन्त्री नेतृत्वको सरकारले गर्ने जनाउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मेवारी आफूमा नरहेको स्पष्ट पारेका छन् ।

कर्णाली प्रदेशका प्रमुख सचिव डा.गोपीकृष्ण खनालले मन्त्रालय समायोजनको प्राविधिक प्रक्रियालाई छिट्टै टुङ्ग्याइने बताएका छन् । उनले भने, “अब जे जसो गरी भए पनि मन्त्रालय समायोजनको विषयमा छिट्टै टुङ्गो लाग्छ ।”

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
6815 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x