राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय छ –प्रधानमन्त्री दाहाल

काठमाडौं माघ ९ गते । । सशस्त्र प्रहरीमा कायम स्रोत र साधनको अभावप्रति सरकार जानकार रहेको उल्लेख गर्दै समस्या समाधानमा लागिपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता जनाएका छन् ।
२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री दाहालले राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय रहेको पनि बताएका छन् । २०७२ सालको विनाशकारी महाभूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा आफ्नो ज्यानको प्रवाह नगरी सशस्त्र प्रहरी बहादुरीपूर्वक खटिएको स्मरण गर्दै प्रशंसा गरेका छन् ।