राष्ट्रलाई बचाउन सबै दलहरुलाई एकतावद्ध भएर अघि बढनुपर्छ –रामचन्द्र पौडेल

6788
Shares
काठमाडौं माघ १० गते । सबै दलहरुलाई एकतावद्ध भएर अघि बढन मुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गरेका छन्।राष्ट्रलाई बचाउन सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्ने बेला आएको भन्दै आज प्रतिनिधिसभा बैठकमा बोल्दै वरिष्ठ नेता पौडेलले मुलुकमा निराशाको कालो बादल मडारिएकाले त्यसलाई फटाउन दलहरू एक ठाउँमा उभिएर अघि बढनुपर्ने उललेख गरेका छन् ।
उनले मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताएका छन्।आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको जनाउँदै उनले देशलाई अप्ठयारो परेको अवस्थमा सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1