राष्ट्रियसभा बैठकमा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा


काठमाडौं माघ १० गते । राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराएका छन् ।

बैठकमा इन्दिरादेवी गौतमले बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती रहेकाले नागरिकको स्वाथ्यमा पर्न सक्ने गम्भीर असरलाई ध्यानमा राखी अनुगमनलाई चुस्त तुल्याउँदै त्यसलाई रोक्न माग गर्नु गरेका छन् । अर्का सदस्य गङ्गाकुमारी बेल्वासेले पछिल्लो समय महिला र बालबालिकामाथि भएका आक्रमणका घटनाले सुरक्षा जोखिम देखिएकाले सामाजिक सुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सदस्य तुलसाकुमारी दाहालले आगामी शैक्षिक सत्रमा विद्यालयका पाठ्यपुस्तक अभाव हुन नदिन समयमै छपाइ कार्य गर्न तथाकाठमाडौँको फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न समयमै ध्यान पु¥याउन आवश्यक रहेको बताएका छन ।

सदस्य भगवतीकुमारी न्यौपानेले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पतालमा भर्ना भएका बिरामीले बेड पाउन कठिन भएकाले अस्पतालको स्तरोन्नति र उपचार सेवालाई सर्वसुलभ र सहज गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने भनाइ राखेका छन् । सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभामा उठेको विषयलाई मन्त्रीले जवाफ नदिएर यसको मान्यतालाई कमजोर तुल्याउने काम भएको बताउँदै सदनमा उठेको विषयमा मन्त्रीको जवाफ अनिवार्य भने ।

अर्का सदस्य शारदादेवी भट्टले तराई मधेसमा चलेको शीतलहरबाट ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएकाले बिरामीलाई औषधि र विपन्नलाई लत्ताकपडा उपलब्ध गराउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । सदस्य सुमित्रा विसीले लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदको सम्मानका लागि श्रद्धान्जली अर्पण गर्दै हिजो त्रिभुवन विमानस्थलमा भएको घटनाले सुशासनको नारालाई खिल्ली उडाउने काम भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
5743 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x