रेड्मी बडस् ३ लाइट अब नेपालमा

सुन्न मन पर्दो, दाम भर पर्दाे
काठमाडौं, १२ श्रावन । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमीले रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको दाबी गरेको छ ।

रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरू साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्ने जनाएको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरू सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । त्यसैगरी, हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट– “बडस् फर फन” लन्च गरेको छ । रेड्मीको बड्स ३ लाईटमा लामो समय सम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसन जस्ता थुप्रै विशेषताहरू समावेश छन् ।”

रेड्मीको बडस् ३ लाईटको तौल ३५ ग्राम भन्दा कम छ। यसको नयाँ लक–इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्द छ । यसमा भएको एर्गोनोमिक डिजाइनले यसलाई प्रयोग गर्न सहज आरामदाइ बनाउँछ जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागि पनि उपयुक्त बनाउँछ ।

रेड्मीको बडस् ३ लाईटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याब द्वारा ट्युन गरिएको ६mmको डायनामिक ड्राइभर समावेश गरिएको कम्पनीले जनाएको छ ।

राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेड्मीको बडस् ३ लाईट ब्लुटुथ ५.२ को साथ निर्मित छ जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाईटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ ।

Type–C चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाईटसँग ५ घण्टाको चार्जमा पाउनुहोस् १८ घण्टा सम्म म्युजीक प्लेब्याक रहेको छ।
जिम होस् वा दैनिक यात्रा क्ष्एछद्ध८ को धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेड्मीे बडस् ३ लाईटको आनन्द लिन सकिनेछ ।

रेड्मीे बडस् ३ लाईट कालो रंगमा रु ३,३९९ मा उपलब्ध छ । रेड्मीे बडस् ३ लाईट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक ःष् स्टोरहरूमा उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x