सुदूरपश्चिमका लाखौँलाख झुपडीकोहरूको एकत्वलाई मैले हेर्न जरुरी छ –राजेन्द्रसिंह रावल

काठमाडौं माघ ९ गते । सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गुनासो गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री रालवले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको र अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तामानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै काठमाडौँमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने मुख्यमन्त्री रावलले बताएका छन् । ‘सुदूरपश्चिमका लाखौँलाख झुपडीकोहरूको एकत्वलाई हेर्न जरुरी रहेको बताएका छन् । माजिक विकृति र विसंगतिको क्षेत्रमा भएका समस्यासँग जुध्न जरुरी छ। काठमाडौँमा कुमारी प्रथाको देवत्व भएझैँ सुदूरका सामाजिक(सांस्कृतिक परम्परालाई उजागर गरेर भोलिका दिनमा प्रडक्टका रूपमा ल्याउने चुनौती पनि मसँग छ’, उनले भने।