सोनाम ल्होछारका अवसरमा कतारमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिदै


काठमाडौं पुस ३० गते । नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङहरुको महान चाड मञ्जुश्री संम्बत २८५९ (ह्योई) तावार ल्हो बिरालो बर्गको शुभ अवसरमा दोहा कतारमा सोनाम ल्होछार शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त कार्यक्रमको आयोजना नेपाल प्रवासी तामाङ समाज कतारले गर्न लागेको हो । कार्यक्रर्म २७ जनवरी २०२३ शुक्रबार बिहान १० बजे बजेबाट कतारस्थित अम्वाज क्याम्प २ मिसाइदमा शुरु हुने छ । त्यस्तै कार्यक्रम स्थलसम्म निशुल्क आवात–जावत र निशुल्क खानाको ब्यबस्था गरिएको छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित सेलो गायक तथा संगितकार श्री बैरागी मोक्तान (सुजन) , म्हेन्दोमाया गायिका तथा श्री सबिना तामाङ, र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । दोहा कतारमा कार्यरत तामाङ तथा गैर तामाङ दाजु भाइ तथा दिदिबहिनीहरुमा उपस्थित हुनको लागि नेपाल प्रवासी तामाङ समाज कतारले आग्रह गरेको छ ।

बेजोड सांस्कृतिक प्रस्तुतिहरु,तामाङ तथा अन्य खानाको परिकारहरु,तामाङ घोइलो स्टल,तामाङ किताबहरुको स्टल र हस्तकलाहरुको सामग्री स्टल महोत्सवको मुख्य आकर्षकहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
5753 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x