हाम्रो बारे

आम सञ्चारका माध्यमहरु आवाजविहिनहरुको आवाज बन्नुपर्छ भन्ने पत्रकारिताको मान्यताअनुरुप यसका विश्वव्यापी आधारभूत सिन्द्धान्तहरुलाई शिरोपर गर्दै देश विदेशमा भएका सूचना समाचार जानकारी र मनोरन्जनात्मक सामाग्री प्रकाशन प्रशारण गर्ने हेतुले हामिले आमसञ्चारको जगतमा अर्को एक माध्यमलाई तपाईको माझ ल्याएका छौँ ।
कतिपय त्यस्ता आवाज जसलाई भनिदिनेहरुले भनिदिएनन्, कतिपय त्यस्ता सवाल जसलाई स्थान दिनुपर्नेहरुले पन्छाईदिए, अनि कतिपय त्यस्ता मुद्धा जो यो वा त्यो वहानामा जहिल्यै ओझेलमा पारिए । अब तिनै आवाजहरु जसले कोरिरहेका छन् केहि सुन्दर गोरेटो, केहि तिनै प्रयास जसले प्रतिक्षा गरिरहेका छन् एक सुनौलो बिहानी, केहि तिनै प्रयास जसलाई प्रकाशन प्रशारण गर्दामात्रै पनि विश्वले नेपाल देश चिन्ने अवसर पाउनसक्ने बलियो संभावनालाई केन्द्रमा राखेर हामीले यस सञ्चारमाध्यमको अपरिहार्यता देख्यौँ र यहाँहरुमाझ ल्यायौँ ।
मूलत देशभन्दा सातौँ समुन्द्र पारि अमेरिकामा रहेको यस भूगोलबाट विगतमा स्वदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत र नेतृत्व गरिसकेको दक्ष र सक्षम हाम्रो टिमले सत्य तथ्य निष्पक्ष र विश्वसनिय खबरलाई मात्रै आफ्नो माध्यमबाट तपाईमाझ ल्याउने प्रण गर्दछौँ ।
हाम्रा तमाम पाठक स्रोता दर्शक तपाईले दिनुभएका हरेक सल्लाह सुझाव र प्रतिक्रियाको प्रतिक्षासँगै हाम्रा कमिकमजोरी औँल्याई निरन्तर खबरदारी गरेर हाम्रो प्रयासको एक हिस्सा बनिदिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।