फाईल फोटो
जापानले पहिलो पटक उड्ने कारको प्रदर्शन गरेको छ । जापानको व्यापारिकरण लक्ष्य अन्तरगत लामो समय लगाएर निर्मित उड्ने कार राजधानी टोकियो शहर स्थित टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर प्रदर्शन गरिएको हो ।
टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक प्रदर्शन गरिएको ’उडान कार’ सन् २०२३ सम्मका सम्पन्न गरिसक्ने परियोजना भित्रको सफलता हो । जापान सरकारले ठुलो लगानी खर्च गरेको यस उड्ने कार निर्माण परियोजना सफल भएपछि प्रदर्शन स्थलबाट झन्डै १० मिटर टाढा सम्म उडान गरिएको थियो ।
यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्साको ४ दशमलव ५ मिटर चौडा, २ दशमलव ६ मिटर अग्लो यस उड्ने कार करिव १ सय ९६ किलोग्राम तौल रहेको बताईएको छ ।
कार उड्ने खबर सार्वजनिक भएसंगै प्रदर्शन स्थलमा दर्शकहरुको घुँईतो लागेको थियो । जापान सरकारले ट्राफिक जामको सामना तथा दुर्घटना र प्रकोपग्रस्त क्षेत्रमा यस प्रकारका कार प्रभावकारी हुने विश्वास लिएको छ ।
स्रोत सिन्ह्वा