जापानमा ३ महिना यता मात्रै १७ हजार बढि एकल बृद्ध बृद्धाको मृत्यु भएको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले पछिल्लो समय गरेको सर्वेक्षण अनुसार जनवरीदेखि मार्चसम्म देशभरि १७ हजार ३४ जना एकल वृद्धवृद्धाको मृत्यु भएको छ ।
२०२४ को पहिलो तीन महिनामा २१ हजार सात सय १६ जना एकल नागरिककको मृत्यु भएको जापानमा सन् २०२४ को अन्त्य सम्ममा ६८ हजार एकल वृद्धवृद्धाको ज्यान जाने अनुमान गरिएको छ । यीमध्ये कतिपय आत्महत्याका घटना पनि थिए ।
कुनै पनि व्यक्तिको साक्षीविना मृत्यु भएमा यि एकल व्यक्तीहरुमा ज्यादातर ६५ देखि ८५ बर्ष उमेर समुहका रहेका छन् । युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता झेलिरहेका उनिहरुमध्य कतिपयले आत्महत्या गर्ने र कतिपयको अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका कारण ज्यान गुमाउँदै आएका छन् ।