उच्च अदालत पाटनबाट सफाई पाएका चर्चित क्रिकेटर सन्दिप लामिछाने अमेरिका जान नपाउने भएका छन् । गत बुधबार सफाइ पाएपछि नै विश्वकपको तयारी स्वरुप अभ्यास गरिरहेका लामिछानेको भिषा अमेरिकी दुतावासले अस्वीकार गरेको हो ।
बलत्कार आरोपबाट सफाई पाईसकेका लामिछानेको विरोधमा केही समुहले सडकमा प्रदर्शन समेत गर्दै आएका छन् । आफुलाई अमेरिकन दुतावासले भिषा नदिएको जानकारी लामिछाने आफैंले केही बेर पहिले सामाजिक संजालमा राखेपछि यतिबेला विभिन्न प्रतिक्रियाहरु आईरहेका छन् ।
सन्दिपले लेखेका छन् ‘ रनेपाल स्थित अमेरिकी दूतावासले २०१९ मा जे गर्यो अहिले पनि त्यहि गर्यो । उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको T-20 विश्वकपको लागि मेरो भिसा अस्वीकार गरे। दुर्भाग्य !नेपाल क्रिकेटका सम्पुर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’
देशको गरिमाको सवाल रहेको भन्दै बलात्कार आरोपबाट सफाइ पाएका सन्दिपका लागि ठुलो प्रयास पछि विश्वकप प्रतिस्पर्धाको बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।
सुन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग खेल्न जाने क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन । सो विषयमा पनि सामाजिक सञ्जालमा उनले पोष्ट गरेपछि जन दवावमा भिसा पाएका थिए ।