अर्जुन न्यौपाने , मे २३ टेक्सस
हामी नेपालीहरु परदेशी भूमिमा विभिन्न आशा,अभिलाषा ,सपना र योजना लिएर आफ्नो जीन्दगीलाई निरन्तर संघर्षका साथ विताईरहेका छौं । सहज जीवनशैलीका लागि प्रदेशी भूमिमा कठिन संघर्ष गर्नैपर्छ । संघर्ष गर्दागर्दै पनि विभिन्न कतिपय अकस्मात् आईपर्ने कठिन परिस्थितिले हामीलाई शून्यतामा परिणत गरी अग्रगामी यात्रामा नै अवरोध बनाईदिएको हुन्छ ।
यस्तै जीवनको कठिन परिस्थितिमा रहेका छन् पोखरा गैरापाटन निवासी राईज अधिकारी अहिले अमेरिकाको टेक्सस राज्यको हस्पिटलमा । करिब दुई महिना देखि हस्पिटलको बेडमा अचेत अवस्थामा उनी रहेका छन् । रातको समयमा अकस्मात् श्वास फेर्न अप्ठारो भई बेहोस भएका राईजलाई तुरुन्तै हस्पिटल पुराएर उपचार प्रकृया गरिए पनि अहिले सम्म होस नआएको उनका भिनाजु भोला मैनालीले जानकारी दिनुभयो । डक्टरका अनुसार उनको श्वास नलिमा देखिएको समस्याका कारण मस्तिष्कमा नियमित अक्सिजन अपुग भएकाले अचेत हुन पुगेको जनाईएको छ । हस्पिटलमा आवश्यक प्रविधिहरु प्रयोग गरी उपचारको प्रयास गरिएता पनि अहिलेसम्म होस खुल्न सकेको छैन ।
लामो समयदेखि यसरी गम्भीर अवस्थामा रही उपचार प्रकृया गर्दा हस्पिटलको उपचार खर्च सोचे भन्दा बढी हुन पुगेको छ । खर्च व्यवस्थापनका लागि साथी समूह र छिमेकी आफन्तीहरुको सर सल्लाह अनुसार गोफन्ड मार्फत आर्थिक संकलनको शुरुवाद गरिएको छ । सेवा नै धर्म हो भन्ने मान्यता अनुसार साथीसमूहबाट सकारात्मक प्रतिक्रियाहरु आईरहेको जनाइएको छ ।तपाईं हामी पनि यस सकारात्मक मानव सहयोगी सेवामा जोडिएर थोपा थोपाबाट समुन्द्र बन्छ भने जस्तै सेवाभावमा लाग्नु आवश्यक देखिन्छ । विदेशी भूमिमा कतिबेला कसलाई के पर्छ हामी सबै अनविज्ञ नै छौं ,त्यसैले यस मानव सेवामा आँफू पनि लागौ र आफ्ना परिचितलाई पनि लगाऔं भन्ने जानकारी सहित रिपोर्टस् क्लव अमेरिकाले सम्पूर्णमा अपिल गर्दछ । नेपाली कम्यूनिटीका हरेक सुख दुःखमा सँगै रहेर हातेमालो गर्ने रिपोर्टस् क्लबको योजना पनि रहेको छ ।गोफन्ड लिकंमा गएर आफ्नो स्वईच्छा अनुसार सहयोग गरिदिनका लागि सबैमा क्लब आह्वान गर्दछ ।
गोफन्ड लिकं