पश्चिमी भारतको एउटा मनोरञ्जन पार्कमा भिषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौं घाईते भएका छन् । पश्चिमी भारतको गुजरात राज्य स्थित राजकोट सहरमा रहेको मनोरञ्जन पार्कमा शनिवार भएको आगलागीमा परि बालबालिका सहित हाल सम्म २७ जनाको ज्यान गएको हो ।
१२ बर्ष मुनिका ४ बालबालिका सहित २७ जनाको ज्यान गएको यस मनोरञ्जन पार्क युवराज सिंह सोलंकीको निजी स्वामित्वमा रहेको पार्क हो । प्रहरीले संचालकको लापरवाहीका कारण ठुलो संख्यामा मानविय क्षती भएको भन्दै थप अनुसन्धानलाई अघि बढाएको छ ।
अत्याधिक ईलेक्ट्रिक उपकरण भएको मनोरञ्जन पार्कमा लागेको भिषण आगलागिमा परि ज्यान गुमाएका धेरै शवको पहिचान गर्न समेत गाह्रो परिरहेको स्थानिय संचार माध्यमले जनाएको छ ।
उक्त मनोरंजन उद्यानमा सामान्यतया सप्ताहन्तमा बिद्यालय ग्रीष्म बिदाको मजा लिन अविभावकहरु आफ्ना बच्चाहरू सहित आउने यस पार्कमा भएको अप्रिय घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्दै सामाजिक संजाल मार्फत आफ्ना प्रियजनहरू गुमाएका परिवार प्रति समवेदना साथै घाइतेहरूको लागि कामना गरेका छन् ।