फ्रान्सका राष्ट्रपतिले २४ वर्षदेखि जर्मनीको भ्रमण गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन ३ दिने राजकिय भ्रमणमा जर्मनी भएसंगै २४ बर्षको ईतिहास दोहोरिएको हो ।
जर्मनीले अमरिकाबाट खरिद गर्न लागेको हवाइ प्रतिरक्षा प्रणालीको विरोधमा रहेको फ्रान्सका राष्ट्रपतिलाई राजकिय सम्मान सहित स्वागत गर्नुलाई युरोप मात्रै नभई अमेरिका लगायत धेरै देशले महत्वका साथ हेरेका छन् ।
यि दुई देशविच अमेरिकामा हुने आगामी राष्ट्रपतिय निर्वाचन, गाजामा जारी हमला, रुस युक्रेन युद्ध, आणविक उर्जा सङ्कट, लगायतका विषयलाई लिएर मतभेद सृजना भएको थियो ।
परमाणु हतियार भएको राष्ट्र फ्रान्सले रक्षा मामिलामा युरोप आत्म निर्भर हुनपर्ने बताउँदै अमेरिकाबाट खरिद गर्न लागिएका हवाइ प्रतिरक्षा प्रणालीको विरोध गरेको थियो ।
युरोपेली युनियनको काममा समेत प्रत्यक्ष असर पुग्ने गरि बढेको जर्मनी र फ्रान्सविचको विवाद पछिको राष्ट्रपति म्याक्रोनको यस ऐतिहासिक भ्रमण थप चासो र चर्चाको विषय बनेको छ ।