नेपाल सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको सम्झनामा कलेज खोल्ने भएको छ । गत असार २७ गते निधन भएकी प्रधानमन्त्री पत्नी दाहालको स्मृतिमा सरकारले कलेज नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेको बजेट वक्तव्यमा स्वं. दाहालको स्मृतिमा कलेज स्थापनाको निर्णय अनुसार काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था समेत गरिसकिएको उल्लेख छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वितरणमुखी कार्यक्रमसहित १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँटबाहेक १२ खर्ब ६० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरिएको छ।