नेकपा (एमाले)को राष्ट्रिय महिला भेला काठमाडौंमा आजबाट सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा विषेश समारोहको आयोजना गरि आजबाट (एमाले)को २ दिने राष्ट्रिय महिला भेला सुरु भएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको एमालेको महिला भेला वि.सं २०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को सङ्कल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको रुपमा आयोजित भेला हो ।
।
पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी झन्डै ५ हजार जनाको सहभागिता रहेको भेलाको संयोजन एमालेको जन सङ्गठन संयन्त्रले गरेको छ ।
