टी–२० विश्वकपको पहिलो खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको नेपाली टिमले ६ विकेट गुमाउँदै ६६ रन बनाएको हो ।
खाता खोल्नु अघि नै आउट भएका सोमपाल नेपालका लागि दुईवटा टी–२० विश्वकप खेल्ने एकमात्र खेलाडी हुन् । १३.२ ओभरमा उनी आउट हुँदा नेपालले ६६ रन बनाएको हो ।
टेक्सासमा जारी टि २० विश्वकप अन्तरगतको आजको खेलमा सुरुवाती चरणमा नै ३ विकेट गुमाउँदा नेपाली टिममा चुनौती थपिएको थियो । टेक्सासको ग्रान्ड प्रियरी स्टेडियममा जारी खेलमा नेपालले नेदरल्याण्ड विरुद्धको खेलमा नेपालले लगातार ३ विकेट गुमाउँदा खेलाडीमा थप चुनौती सृजना भएको हो
टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाउँदा अनिल साहलाई गुमाएको हो । उनी १२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । ७।४ ओभरमा उनी आउट हुँदा नेपालले ४० रन बनाएको थियो।
नेपालले आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान आसिफ शेख ८ बलमा एक चौकाको मद्दतले ४ रन बनाउँदै आउट भएका हुन् ।
दोस्रो ओभरको अन्तिम बलमा आसिफ आउट हुँदा नेपालले केवल १० रन बनाएको थियो भने दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल सात रन बनाउँदै आउट भएका थिए । ३।१ ओभरमा उनी आउट हुँदा नेपालले १५ रन बनाएको थियो ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख ८ बलमा एक चौकाको मद्दतले ४ रन बनाउँदै आउट भएका हुन् ।
दोस्रो ओभरको अन्तिम बलमा आसिफ आउट हुँदा नेपालले केवल १० रन बनाएको थियो भने दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल सात रन बनाउँदै आउट भएका थिए । ३।१ ओभरमा उनी आउट हुँदा नेपालले १५ रन बनाएको थियो ।
दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल सात रन बनाउँदै आउट भएका हुन् । ३।१ ओभरमा उनी आउट हुँदा नेपालले १५ रन बनाएको थियो ।