नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागले सामाजिक अभियन्ताहरूबीच अन्तरक्रिया भेलाको आयोजना गर्ने भएको छ । ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताहरूको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ भोली अर्थात यही जेठ २५ गतेबाट सामाजिक अभियन्ता केन्द्रित अन्तरक्रिया भेला हुने भएको हो ।
जेठ २६ गते सम्म संचालन हुने दुई दिने अन्तरक्रिया भेलामाअभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्ताहरूबीच छलफल हुने बताईएको छ ।
देशभरबाट तीन सय जनाभन्दा बढी सामाजिक अभियन्ता काठमाडौं आउने बताईएको भेला भेलाले काठमाडौं घोषणा पत्र पनि जारी गर्ने घोषणा गरेको छ ।







