हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home एनआरएनए सम्वाद

सरलता भित्रको सफलता: क्यानडामा नेपाली विद्यार्थीका प्रेरक उदाहरण बनेका सापकोटा (अन्तरवार्ता)

Reporterclub America by Reporterclub America
June 8, 2024
in एनआरएनए सम्वाद, रिपोर्टर्स खोज, समाचार
सरलता भित्रको सफलता: क्यानडामा नेपाली विद्यार्थीका प्रेरक उदाहरण बनेका सापकोटा (अन्तरवार्ता)

त्यसो त हामी सबैलाई एउटा सफल जिन्दगी जिउन मन लाग्छ, एउटा राम्रो करियर होस्, र त्यसमा सफलता प्राप्त हुँदै जाओस् अनि सन्तुलित जीवन बनोस् ! यो व्यस्त जिवनशैली र भागदौडकाे समयमा हामिलाई हाम्रो घरपरिवार, व्यवसायिक जीवन , साथिभाई, समाज र समुदायको लागि समय छुटट्याउन चुनौती जस्तै हुन्छ र आफ्नो करियर र सामाजिक जीवन सन्तुलन गर्न त गार्हो नै पर्ने गर्दछ। कसैले धेरै मेहेनत गर्दा नि सफलता हात पर्दैनन् त कसैले थोरै समयमा सफलताको स्वाद चाखिरहेका हुन्छन् – कारण हो उनीहरुको लगनशीलता, अनुशासन अनि कर्ममै समर्पित हुने बानी !

अझ हामी आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै परदेशमा आयौं भने त झन हामिलाई समयाभाव हुने गर्दछ। त्यसमाथी हाम्रो नेपाली समाजमा विदेश जानेहरुलाई “जति नै पढेलेखे पनि त्यही तल्लो स्तरको काम गर्न जाने त हो नि विदेश !” भन्ने सँकुचित मानसिकताको शिकार हुनु पर्दछ। तर यो सत्य भने पक्कै होइन। विश्वका विभिन्न विकसित देशहरुमा आफ्नो क्षमता र प्रतिभाद्वारा आफुलाई सफल साबित गराईरहेका नेपालीहरु पनि रहेका छन्। त्यस्तै नेपालीहरुको अग्रपंक्तिमामा आउने एक व्यक्तित्व हुन, महेन्द्र सापकोटा ।

“आफ्नो लागी त काम गरिरहेकै छु, जब समाज र समुदाय अनि अरुको भलाईको लागि काम गर्न पाँउछु, झन् धेरै खुशी मिल्छ”- महेन्द्र सापकोटा, सिनियर पेमेन्ट इन्भेस्टिगेसन एनालिस्ट, सिआईबिसी बैंक,( वरिष्ठ भुक्तानी अनुसन्धान विश्लेषक, क्यानडियन इम्पेरियल बैंक अफ कमर्स, क्यानडा)। महेन्द्र पेशाले क्यानडाको एक प्रतिष्ठित बैंकको केन्द्रिय कार्यलयमा वरिष्ठ भुक्तानी अनुसन्धान अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ। क्यानडामा प्रतिष्ठित बैंक, त्यसमाथी केन्द्रीय कार्यलयको एउटा उच्च पदमा रहेको जिम्मेवारी सफलतापुर्वक वहन गर्दै, नेपाली समुदायले आयोजना गर्ने जुनसुकै कार्यक्रम होस् वा सभा-समारोह, सामाजिक कार्यहरुमा उत्तिकै सकृय सापकोटा, विशेष गरि बैंकिङ्ग र फाईनान्स क्षेत्रमा अघि बढ्न चाहनेहरुका लागि प्रेरणाको पात्र हुनुहुन्छ। अग्रजलाई सम्मान र अनुजलाई अत्यन्तै माया र हौसला दिने सापकोटा, मृदुभाषि, सकारात्मक सोचाइ, सहयोगी स्वभावको धनी हुनुहुन्छ, उहाँलाई नजिकबाट नियाल्ने जोसुकै पनि उहाँको सरल र उर्जावान व्यक्तित्वबाट प्रभावित हुने गर्दछ।

सन् २००९ मा सपरिवार क्यानडा आउनु भएका सापकोटाले सेनेका कलेजबाट डिप्लोमा इन ईन्टरनेश्नल बिजनेस र टोरोन्टो मेट्रोपोलिटन युनिभर्सिटीबाट फाईनान्समा स्नातक गर्नुभएको छ। सापकोटासङ्ग विगत लामो समयदेखिको क्यानडाकाे जिवनशैली, यहाँको व्यवसायिक जिवनको अनुभव छ, उहाँका अनुभवहरु पक्कै पनि भविस्य खोज्दै क्यानडा आउनेहरु,विशेषत: विध्यार्थीहरुका लागि प्रेरणा बन्न सक्छ।

कर्मप्रतीको लगनशीलता, अनुशासन र इमानदारीताले छोटो समयमै सफलताको बाटो पछ्याउँदै आउनु भएका उनै महेन्द्र सापकोटासङ्ग रिपोर्टर्स क्लव अमेरिकाका क्यानडा संवाददाता विजय अधिकारीले उहाँको जागिरे जीवन, व्यक्तिगत अनुभव र अन्य अन्तरङ्ग विषय केन्द्रित रहेर गरेको कुराकानी जस्ताको त्यस्तै :

महेन्द्रजी सन्चै हुनुहुन्छ?

हजुर म एकदमै सन्चै छु ! अनि तपाईं सन्चै हुनुहुन्छ?

  • हजुर। म पनि एकदमै ठिक छु।

आजभोली के मा व्यस्त हुनुहुन्छ?

  • म आजभोली दैनिक र व्यवसायिक जिवनमै अनि समय व्यवस्थापन गर्दै साथीभाईहरु र नेपाली समुदायले आयोजना गर्ने विभिन्न सांस्कृतिक एवं सामाजिक जमघटमा व्यस्त रहने गरेको छु।

तपाइँको नेपाल देखि क्यानडा अनि फाईनान्स क्षेत्र तिरको यात्रा कसरी शुरूवात भयो, अलिकती बताईदिनुस न ?

  • सन् २००२ मा मेरो बुवा क्यानडा आउनुभएको थियो। बुवा नै यता भएका कारण नेपालमा +२ पछि क्यानडा आउने मनस्थिति बनिसकेको थियो। सोही अनुरुप यता आएर बुवाकै सुझावमा आफ्नो इच्छाअनुसारको फाईनन्समै अध्ययन गर्ने निधो गरियो। अध्ययनकै क्रममा बुवाले काम गर्ने रेस्टुरेन्टमै पार्ट टाईम काम गर्न थाले। त्यहि बेला यहाँको आर बि सी बैंकमा काम गर्नु हुने सुमन दाईसङ्ग भेट हुन्थ्यो र दाईले दक्षता र योग्यता भए यस क्षेत्रमा प्रवेश गर्न सकिने भन्दै हौसला दिनुहुन्थ्यो। सोही अनुरुप म पनि वित्तीय संस्थामा आवद्ध भए। केही समय प्रोपटि म्यानेजमेन्टमा एडमिनको रुपमा काम गर्दै यस क्षेत्रमा अघि बढ्दै आए।

क्यानडा जस्तो विकसित देशको प्रतिष्ठित संस्थाको एउटा उच्च पदमा रहेर काम गर्ने रहर जो कोहिलाई पनि हुने गर्दछ, सी आई बि सि बैंकको केन्द्रीय कार्यलयमै वरिष्ठ भुक्तानी अनुसन्धान विश्लेषक सम्मको यो यात्रामा आइपुग्न कसरी सम्भव भयो?

  • म कलेजमा पढ्दै गर्दा, कर्पोरेट फाईनान्स, मोर्गेज उध्योगमा रुचि थियो। वित्तीय क्षेत्रसम्बन्धी जान्ने उत्सुकता र सोही क्षेत्रमा आवद्ध अग्रजहरुको सल्लाह र हौसलाले मैले सि आई बि सि बैंकमा ट्रान्जिक्सन पेमेन्ट एनालिस्टको रुपमा मेरो बैंकिङ्ग करियर सुरु गरे। आफ्नो रुचीकै क्षेत्रको काम भएकोले सिक्न र जान्ने चाहना र जानेको कुरालाई मेहेनतका साथ लागू गर्दै गए। मेरो मेहेनत र कामप्रतीको लगावले नै होला सायद, तोकिएको समयअवधी अगाडी नै मेरो बढुवा भयो र वरिष्ठ भुक्तानी विश्लेषकको रुपमा काम गर्ने अवसर पाँए। अहिले त्यहि कर्मनिष्ठताको कारण फेरि वरिष्ठ भुक्तानी अनुसन्धान विश्लेषकको रुपमा कार्यरत छु।

साधारण भाषामा “वरिष्ठ भुक्तानी अनुसन्धान विश्लेषक” को बारेमा र यसमा रहेका चुनौती अनि त्यसलाई कसरी समाधान गर्दै आउनुभएको छ, यसबारे थोरै जानकारी दिनुहोस् न ?

  • “वरिष्ठ भुक्तानी अनुसन्धान विश्लेषक” भनेको पैसा पठाउने र प्राप्त गर्ने क्रममा हुने समस्याहरू जाँच्ने र समाधान गर्ने विज्ञ हो। रकम ट्रान्सफर गर्दा भएका गल्तीहरू, अनियमितता पत्ता लगाएर सही बनाउने काम गर्छन्। कुनै पनि बैंकमा भुक्तानी विश्लेषण गर्नु आफैंमा चुनौतीपूर्ण र संवेदनशिल काम हो। दैनिक रुपमा ठुलो संख्यामा कारोवारहरुको उचित निरीक्षण गर्नुपर्छ। यसमा रहने चुनौतीहरुमा यक्युरेसी (शुद्धता), पारदर्शिता, समय व्यवस्थापन रहेका छन्। कारोबार गर्दा कहिले काहीं पैसा पठाउनुपर्ने व्यक्तिको पुर्णरुपमा जानकारी नहुनु पनि हामिलाई आउने कठिनाई हो। शुद्धता निरीक्षण गर्ने, समय सापेक्ष भएर काम गर्ने र अप टु डेट हुन सकियो भने चुनौतीको सामना गर्न सकिन्छ। म कामको समयमा त्यो कामलाई कसरी प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ भन्नेमै तल्लीन रहने गर्छु त्यसैले आजसम्म सहज रुपमा कार्यसम्पादन गर्दै आईरहेको छु।

तपाईंको विचारमा बैंकिङ्ग क्षेत्रमा सफल हुन आवश्यक पर्ने सीप हरु के के हुन सक्छन्?

  • मेरो विचारमा क्यानडाको बैंकिङ क्षेत्रमा सफल कर्मचारी हुनका लागि विभिन्न सीप आवश्यक छन्। सबभन्दा महत्त्वपूर्ण सीप भनेको उत्कृष्ट संचार क्षमता हो, जसले ग्राहकहरूसँग प्रभावकारी संवाद गर्न र उनीहरूको आवश्यकता बुझ्न मद्दत गर्छ। वित्तीय विश्लेषण र विवरणहरूको समीक्षा गर्ने क्षमता पनि अत्यावश्यक छ, जसले खाताहरू व्यवस्थापन गर्न र वित्तीय जोखिमहरू पहिचान गर्न सहयोग पुर्याउँछ। डिजिटल सीपहरू, विशेष गरी वित्तीय सफ्टवेयर र बैंकिङ एप्लिकेसनहरूको ज्ञान, अहिलेको डिजिटल युगमा धेरै महत्त्वपूर्ण छन्। ग्राहक सेवा सीपले उच्च स्तरीय सेवा प्रदान गर्न र ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्छ। अन्त्यमा, समस्या समाधान र निर्णय क्षमता, जसले कठिन परिस्थितिमा सही निर्णय लिन र समाधान दिन सक्षम बनाउँछ, सफलताको कडी मानिन्छ। यी सीपहरू क्यानडाको बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि अपरिहार्य मानिन्छन्।

क्यानडामा धेरै समयदेखि बैंकिङ्ग क्षेत्रमा रहेको अनुभवका आधारमा तपाईंले नेपालको बैंकिङ्ग प्रणालीलाई कसरी हेरिरहनुभएको छ?

  • समग्रमा, नेपालको बैंकिङ्ग प्रणाली एकदमै राम्रो छ। आई टि को क्षेत्रमा अथवा आधुनिक प्रविधीको पहुँच पनि राम्रो देख्न सकिन्छ। सानो देश र बैंक वित्तीय संस्था धेरै भएको हुनाले सरकारी तवर बाट बैंक वित्तीय संस्थाहरुको उपयुक्त निति निर्माणका साथै अनियमितता निरीक्षण भयो भने अझै राम्रो हुने थियो।

लामो समय क्यानडा बसाइँको अनि यहाँको एउटा सफल अनि स्थापित व्यक्तिको हिसाबले क्यानडामा अध्ययन गर्न वा बसोबास गर्न आउने विध्यार्थी र नव आगन्तुकलाई के भन्न चाहनुहुन्छ?

  • क्यानडामा अध्ययन र बसोबासको योजना बनाउँदा विभिन्न पक्षहरू विचार गर्नुपर्छ। शैक्षिक क्षेत्रमा, विश्वविद्यालय र कलेजहरूका लागि उचित अनुसन्धान गर्नुपर्छ, जसले तपाइँको रुचि र करियर लक्ष्यमा मेल खाने कार्यक्रमहरू ल्याउने गर्छन् । भाषा दक्षता, विशेष गरी अंग्रेजी, धेरै महत्त्वपूर्ण छ, किनकि यो शैक्षिक र व्यावसायिक दुवै क्षेत्रमा सफल हुन मद्दत गर्छ। त्यस्तै आफुले रोजेको विषय र त्यसको सम्भावना के कस्तो छ,त्यो पनि बुझ्नु आवस्यक छ।

रोजगारीका लागि, क्यानडाको रोजगार बजारको विश्लेषण गर्नु आवश्यक छ; तपाइँको क्षेत्र र सीपहरूसँग मेल खाने अवसरहरूको पहिचान गर्नुपर्छ। रोजगार अनुभव र स्थानीय प्रमाणपत्रहरूले क्यानडाको रोजगार बजारमा प्रतिस्पर्धात्मक बनाउन मद्दत गर्छ। बसोबासको लागि, बस्नका लागि उपयुक्त स्थान छान्नुपर्छ, जसले विश्वविद्यालय, रोजगारका अवसरहरू, र जीवनस्तरलाई ध्यानमा राख्छ। स्थानीय समुदायमा घुलमिल हुन र सांस्कृतिक समायोजन गर्नुपर्ने हुन्छ, जसले जीवनशैली सहज बनाउदछ। यसैगरी, स्थानीय यातायात प्रणाली, स्वास्थ्य सेवा, र बैंकिङ सुविधाहरूको बारेमा जानकारी राख्नुपर्छ। क्यानाडाका बासिन्दाका रूपमा सफल हुन, सहयोगी सञ्जाल बनाउने र स्थानीय जीवनशैलीलाई अपनाउनु महत्त्वपूर्ण मानिन्छ। यस प्रक्रियाले तपाइँलाई क्यानडामा अध्ययन र बसोबास सफल बनाउन मद्दत पुर्याउँछ।

अहिले क्यानडामा काम पाउन गार्हो भएको अवस्था छ, र तपाइँको विचारमा काम पाउनका लागि के कस्ता सीप आवश्यक पर्छ?

  • क्यानडामा सफलतापूर्वक रोजगारी प्राप्त गर्न केही आवश्यक र आधारभूत सीपहरू हुनु आवश्यक छ। यहाँ बस्दै गर्दा मैले अनुभव गरेको कुरा भनेको, उत्कृष्ट संचार सीपहरू अत्यावश्यक छन्; अंग्रेजी भाषा राम्रोसँग बोल्न र बुझ्न सक्नुपर्छ। कष्टयुमर सर्विस स्किल्सले ग्राहकहरूसँग राम्रो सम्बन्ध बनाउन र सन्तुष्टि बढाउन मद्दत गर्छ। समय व्यवस्थापन र संगठित रहन सक्ने क्षमता, विशेष गरी पार्ट-टाइम र फूल टाईम काममा, महत्त्वपूर्ण छ। कम्प्युटर र प्राविधिक सीपहरू, जस्तै कार्यालय सफ्टवेयरहरू चलाउन सक्ने ज्ञान, रोजगारदाताहरूले प्राथमिकतामा राख्छन्। टिममा काम गर्न सक्ने र विभिन्न संस्कृति तथा पृष्ठभूमिका मानिसहरूसँग मिलेर काम गर्ने क्षमता पनि महत्त्वपूर्ण छ। यी सीपहरूले तपाइँलाई क्यानडामा रोजगारीका अवसरहरू पाउन र सफल हुन मद्दत पुर्याउँछ। त्यसैगरी कामको प्रकृति अनुसार के खोजीराखेको छ, सोही अनुरुपको सिभी र अन्तर्वार्तामा प्रस्तुत हुन जरुरी छ। साथै अध्ययन पश्चात् पनि प्रोफेसर हरुसङ्ग राम्रो सम्बन्ध कायम राख्नाले आफुले पढको क्षेत्रबारे काम खोज्न र बुझ्न सहज हुन्छ।

व्यस्त समयमा आफ्नो काम, घरपरिवार, अनि सामाजिक कार्यहरुलाई कसरी व्यवस्थापन गर्दै आउनुभएको छ?

  • म कामको समयमा कामलाई नै प्राथमिकता दिन्छु। निर्धारित समयमा ध्यानपुर्वक काम गर्यो भने सजिलै काम सम्पन्न हुन्छ। बाकी रहेको समय र विदाको समयमा घरपरिवार र साथीभाई अनि सामाजिक जमघटमा रहन्छु, अहिलेसम्म समय व्यवस्थापन गरिराखेकै छु, हाहा।

चाहे आफ्नै देशमा होस वा परदेशमा, कुनै पनि व्यक्ति र समाज अगाडि बढने सुत्र नै अनुशासन, नम्रता, अनि राम्रो कुराहरु आत्मसाथ गर्नुपर्छ भन्ने सकारात्मक सोच राख्ने सापकोटा आफैंमा एउटा राम्रो वोर्क लाइफ व्यालेन्सेड लाइफ व्यतीत गर्दै हुनुहुन्छ- कारण उहाँप्रतीको सकारात्मक उर्जा र लगनशीलता।भावी दिनहरुमा नेपालको लागि र यहाँ पनि नेपाली समुदायका लागि सामाजिक हितका कामहरु गर्ने लक्ष्य लिनुभएका सापकोटाको आगामी यात्रा सफल रहोस् ,शुभकामना।

Share944SendTweet590

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

NRNA USA बैठक सम्पन्न: नयाँ सरकारलाई बधाई, वार्षिक सम्मेलन जुलाईमा

NRNA USA बैठक सम्पन्न: नयाँ सरकारलाई बधाई, वार्षिक सम्मेलन जुलाईमा

by Kishan Regmi
April 4, 2026
0
1.6k

अमेरिका, अप्रिल ४, २०२६ — Non-Resident Nepali Association National Coordination Council USA (NRNA USA) को पूर्ण कार्यसमिति बैठक जुममार्फत सम्पन्न...

Next Post
श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न: देवकोटालाई दीर्घ साधना सम्मान

श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न: देवकोटालाई दीर्घ साधना सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।