हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home गृहपृष्ठ

रक्तदाता दिवस: पृष्ठभूमि, महत्व, भ्रम र तत्थ्यहरु

Reporterclub America by Reporterclub America
July 11, 2024
in गृहपृष्ठ, मुख्य समाचार, समाचार
रक्तदाता दिवस: पृष्ठभूमि, महत्व, भ्रम र तत्थ्यहरु

पृष्ठभूमि
विश्व रक्तदाता दिवस प्रत्येक वर्ष जुन १४ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।सन् २००४ देखि मनाउन लागिएको विश्व रक्तदाता दिवस रगत सम्बन्धी अनुसन्धानमा नोबेल पुरस्कार प्राप्त गरेका डा. कार्ल ल्याण्ड्सटाइनरको जन्मदिनको सम्झनामा हो । डा. कार्लले सन् १९०० मा रगतका समूह ४ वटा हुन्छन् भन्ने पत्ता लगाएका थिए भने सन् १९३७ मा प्रत्येक समूहका रगतमा आर.एच. तत्वका आधारमा पोजिटिभ र नेगेटिभ गरी जम्मा ८ प्रकारका रक्त समूह हुन्छन् भनी पत्ता लगाएका थिए । यसैगरी सन् १९०९ मा पोलियो भाइरस समेत पत्ता लगाएका थिए र उनलाई फादर अफ ट्रान्स्फ्युजन मेडिसिन भनेर पनि चिनिन्छ । यसैको सम्मान स्वरुप जुन १४ मा प्रत्येक वर्ष कुनै न कुनै नारा सहित यो दिवस मनाउने गरिन्छ । यसवर्ष विश्व रक्तदाता दिवसको थिम‘२० वर्षको उत्सवमा ः धन्यवाद रक्तदाताहरू’ भन्ने रहेको छ । अतः विश्व रक्तदाता दिवसका दिन त्यस्ता स्वयंसेवी रक्तदातालाई नमन गर्दै रगतका बारेमा अन्य महत्वपूर्ण सन्देश दिने उद्देश्यले यो आलेख तयार गरिएको छ ।

रगतको महत्व
रगत हाम्रो शरीरको लागि निकै आवश्यक र जीवन्त पदार्थ हो । रगतको मात्रामा केही कमी आएपनि हामी बाँच्न सक्दैनौं । एक स्वस्थ र वयस्क व्यक्तिको शरीरमा करीब ५–६ लिटरसम्म रगत हुन्छ । यसको मात्रा उमेर अनुसार फरक हुन्छ । यदि हाम्रो शरीरमा भएको रगतको मात्रामा २० प्रतिशत मात्र कमी आयो वा १ लिटर मात्र पनि रगत कारणवश खेर गयो भने हामी बेहोस हुन्छौं र हाम्रो शरीरले पर्याप्त काम गर्न सक्दैन र मर्न सक्छौं । हाम्रो शरीरको रगत नै हाम्रो सम्पूर्ण शरीरलाई जोड्ने तन्तु हो । रगतबाट नै हाम्रो सारा शरीरका कोष, तन्तु, अङ्ग तथा प्रणालीहरू जोडिएका हुन्छन् । शरीरका सबै कोष, तन्तु, अङ्ग तथा प्रणालीहरूलाई बाँच्नको लागि खाद्य पदार्थ तथा अक्सिजन चाहिन्छ जसको आपूर्ति रगतले गर्दछ भने ती अङ्गबाट उत्पादन हुने अनावश्यक विकार पदार्थहरू शरीरबाट बाहिर फ्याँक्नसमेत रगत नै चाहिन्छ । रातो रगतमा हुने हेमोग्लोबिन भन्ने तत्वले अक्सिजन ग्रहण गर्दछ र शरीरका सबै भागमा अक्सिजन पु¥याउँछ ।

रगतले नै हाम्रो शरीरभर सञ्चारको कामसमेत गरेको हुन्छ । यति महत्वपूर्ण रगतको कामका साथै अर्को महत्वपूर्ण काम भनेको रगतमा रहेका सेता रक्तकणहरू हाम्रो शरीरका लागि सुरक्षा कवच हुन् । यी रगतले हाम्रो शरीरमा कुनै बाहिरी हानिकारक किटाणुहरू प्रवेश गरेमा त्यसलाई नष्ट गर्ने काम गर्दछन् । त्यस्तै, शरीरमा सामान्य चोटपटक लाग्दा पनि रक्तश्राव हुनेगर्छ । यसरी हुने रक्तश्राव रोक्ने पनि रगतमै हुने प्लेटलेटले गर्दछ । यसरी रगतमा ४५ प्रतिशत रक्तकण सहित ठोस पदार्थ र बाँकी ५५ प्रतिशत पानी (प्लाज्मा) रहेको हुन्छ । यो हाम्रो शरीरलाई निरन्तर क्रियाशील बनाउने, सबै अङ्ग, तन्तु, कोषहरू आदिलाई बचाउने र पूर्ण सुरक्षित गराउने महत्वपूर्ण तत्व हो ।


रगत बन्ने प्रक्रिया
हाम्रो शरीरमा रगत बन्ने क्रम गर्भावस्थादेखि नै सुरु हुन्छ । गर्भावस्थामा छँदा फियोले रगत बनाउँछ भने पछि लामो हाडभित्र हुने मासीबाट रगतको उत्पादन हुन्छ । जुन जीवनभर शरीरले बनाइराखेको हुन्छ । रगत एकपटक बनेपछि निश्चित दिनपछि मर्न थाल्छ । रगत मर्ने क्रम र बन्ने क्रम पनि निरन्तर शरीरमा भइरहेको हुन्छ । कहिलेकाहीँं रगत अत्यधिक मर्न थाल्यो भने रगतको कमी हुन्छ र जण्डिस रोग समेत देखापर्नसक्छ । प्रत्येक रक्तकणको आफ्नो आयू हुन्छ । जस्तैः रातो रक्तकण १०० देखि १२० दिनसम्म बाँच्छ र मर्छ । यसैगरी सेतो रक्तकण १३ देखि २० दिनसम्म मात्र बाँच्छ भने प्लेटलेट चाहिं ८ देखि ९ दिनसम्म मात्र बाँच्छन् अनि मर्दछन् । यसरी मरेका रक्तकण फियो तथा कलेजोमा जम्मा हुने र शरीरले बाहिर फ्याँक्ने काम गर्दछ । सबै रक्तकण एकैपटक बन्ने र एकैपटक मर्ने हुँदैनन् । निरन्तररूपमा बन्ने र मर्ने क्रम जारी नै रहेको हुन्छ । त्यसकारण हाम्रो शरीरमा रगतको कमी हुँदैन । यसरी रगत छोटो आयूमै मर्ने, खेर जाने र पुनःनिर्माण हुने भएकाले मरेर खेर जाने रगतलाई दान गर्नु नै अति उत्तम हुन्छ ।


रगतका समूहहरू

रगतका ४ वटा समूह ए, ओ, बी, र एबी हुन्छन् र ती ४ वटा समूहका थप २÷२ वटा उप समूह पोजेटीभ र नेगेटीम हुन्छन् । कसको कुन समूह वा कुन उप समूह हो भन्नेकुरा रक्तपरीक्षणबाट पत्ता लाग्छ । सबै व्यक्तिको रगत सबै व्यक्तिको लागि उपयुक्त नहुन सक्छ । समूह र उप समूह मिलाएर मात्र रगत लिने काम गरिन्छ । यदि यसरी समूह मिलाउन सकिएन वा झुक्कियो भने उक्त व्यक्तिको रगत बीच नै लडाइँ भइ प्रतिक्रिया उत्पन्न हुन्छ र व्यक्तिको मृत्यु हुन्छ । त्यसकारण आफ्नो रक्त समूह कुन हो भन्ने कुरा पहिल्यै जँचाएर राखेमा अति इमर्जेन्सी अवस्थामा सजिलो र छिटो हुन्छ । रगतका विभिन्न समूह मध्ये अधिकांश व्यक्तिमा (३८ प्रतिशतमा) इ पोजिटिभ रगत पाइन्छ, त्यसपछि ब् पोजिटिभ (३४ प्रतिशतमा) रगत पाइन्छ भने सबैभन्दा दुर्लभ रगत ब्द्य नेगेटिभ रगत जम्मा १ प्रतिशत व्यक्तिमा मात्र पाइन्छ । सबै व्यक्तिलाई मिल्ने इ नेगेटिभ रगत पनि ७ प्रतिशतमा मात्र पाइन्छ । यसरी हेर्दा अति दुर्लभ रक्तसमूह हुने व्यक्ति र सबैलाई मिल्ने रगत हुने व्यक्ति निकै महत्वपूर्ण रक्तदाताको सूचीमा पर्दछन् । जुन व्यक्तिहरूले त अरूले भन्दा बढी पटक रगत दिएर धेरै व्यक्तिहरूको ज्यान जोगाउने पुण्य कार्य गर्नुपर्दछ ।


रक्तदानसम्बन्धी भ्रमहरू

हाम्रो देश वा भनौं गाउँघरमा समेत रगतको महत्व यति धेरै बुझेका मान्छेहरू छन् कि जसलाई अमूल्य रगत दान गर्नुपर्छ भन्ने समेत हेक्का छ । तर जब रक्तदानको बेला आउँछ त्यतिबेला डराउने, शरीर काम्ने, चिडचिड पसिना छुट्ने र रक्तदान जस्तो पवित्र कर्मबाट पछि हटिन्छ । यसो हुनुका पछाडि रक्तदानसम्बन्धी केही भ्रमहरू हामीमा रहेका छन् । ती भ्रमहरू के के हुन् र वास्तविकता के हो त भन्नेकुरा यदि हामीले बुझ्यौं भने पक्कैपनि हामी रक्तदान गर्न हिच्किचाउने छैनौं ।

वास्तवमा रक्तदान सम्बन्धी मुख्य भ्रम र तथ्यहरू यसप्रकार छन्–


१. रक्तदान गर्दा रगतको मात्रा आफ्नो शरीरबाट घट्छ र कमजोरी भइन्छ भन्ने भ्रम

हामीले १ पिण्ट् रक्तदान गर्दा हाम्रो रगतमा भएको पानीको मात्रा वा सम्पूर्ण प्लाज्मा पूर्ति हुन २४ घण्टामात्र लाग्दछ । राता रक्तकणहरू पूर्ति हुन ४ देखि ६ हप्ता मात्र लाग्दछ भने सम्पूर्ण रगत पूर्ति हुन ८ हप्ता मात्र लाग्दछ । त्यसपछि हामी पुनः रक्तदान गर्न योग्य हुन्छौं, तैपनि १२ हप्ता सम्मको अधिकतम अवधिमा अर्को पटक रक्तदान गर्न सकिन्छ, कमजोरी भईंदैन ।


२. मुटुरोगीले वा मोटा व्यक्तिले रक्तदान गर्नुहुँदैन भन्ने भ्रम


रगत बाक्लो हुने, हर्ट अट्याक हुने र रगतको मात्रा बढी हुने व्यक्तिले समेत रक्तदान गर्न हुन्छ । यसबाट त्यस्ता खाले रोगहरूमा कमी आउँछ र आफ्नो जीवन समेत सुरक्षित हुनपुग्छ । त्यस्तै मोटा व्यक्तिले पनि रक्तदान गर्दा फाइदा हुन्छ किनकि आफूले दिएको रगत पूर्ति हुने समय सम्ममा केही मात्रामा क्यालोरीको समेत खपत हुन्छ र तौल नियन्त्रण हुनसक्छ । तर मोटा व्यक्तिले रक्तदान गरेमा झन् मोटाइन्छ भन्नु गलत धारणा हो ।

३. रक्तदान गर्दा दुख्छ भन्ने भ्रम


हामीले सूई देख्दा वा अरूलाई लगाएको देख्दा मात्र दुख्ने अनुभव गर्ने हो । अन्यथा आफूले रक्तदानका लागि सूई लगाउँदा माथिल्लो पाखुराको नदुख्ने रक्तनलीबाट रगत निकालिने भएकोले कुनै दुखाईको अनुभव नै हुँदैन, यो एउटा भ्रम मात्र हो ।\४. कस्ता व्यक्तिले रक्तदान गर्नु हुँदैन ?


यहाँ हामीले जुनसुकै कुराहरू लेखिएतापनि वास्तवमा निकै कम तौलका कुपोषित व्यक्ति, रक्तअल्पता भएका व्यक्ति, रगतबाट सर्ने कुनै रोग भएका व्यक्ति, रक्तचाप परीक्षण गर्दा उच्च वा अति न्यून रक्तचाप पाइएका व्यक्ति, महिनावारी भएको अवस्थामा बढी नै रक्तश्राव भइरहेका व्यक्ति, जलवियोजन भएका व्यक्ति, कम उमेरका व्यक्ति, कुनै रोगले ग्रस्त भइ भरखरै निको भई आराम गरिरहेका व्यक्ति आदिले रक्तदान गर्नुहुँदैन । यी बाहेक सबै व्यक्तिको लागि रक्तदान गर्न छुट हुन्छ, भ्रममा पर्नु पर्दैन ।


अन्त्यमा,
रगतको महत्वलाई बुझेर खेरजाने रगतको दान गरी पुण्य कमाउन सबैलाई अनुरोध समेत छ । किनकि कसैको जीवन बचाउनु भन्दा ठुलोे पुण्य काम अरू के नै हुनसक्छ र ?यति भन्दै गर्दा आजका दिनमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरू आदरणीय सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ र उहाँहरूलाई विशेष सम्मान पनि गर्न जरुरी छ । उहाँहरूलाई आफू तथा आफ्नो परिवारलाई चाहिएको बखत रगत सजिलै उपलब्ध हुने व्यवस्था मिलाउन, अस्पताल वा यातायातमा विशेष सहुलियत दिन, विशेष कार्डको व्यवस्था गर्न र विशेष अवसरमा सम्मान दिन मात्रै सकियो भने पनि रक्तदान गर्न जो कोही ईच्छुक हुनसक्ने सम्भावना देखिन्छ र रगतको अभाव हुँदैन । अतः हालसम्म रक्तदान गर्ने सम्पूर्ण रक्तदाता महानुभावहरू अग्रणी र सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँहरूको सदा सम्मान गरौं र रक्तदान अभियानलाई तीब्रता दिऔं ।

स्रोत: ढोरपाटन अनलाईन

Share618SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
एनएसटीको ट्रष्टी अध्यक्षमा बैकुन्ठ थापा चयन

एनएसटीको ट्रष्टी अध्यक्षमा बैकुन्ठ थापा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।