हाम्रो बारेमा
Thursday, September 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ड्यालसको युलेशमा समर क्याम्प शुरु

Kishan Regmi by Kishan Regmi
July 16, 2024
in अमेरिका विशेष, प्रवास
ड्यालसको युलेशमा समर क्याम्प शुरु

युलेश, टेक्सास
नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशाला तथा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रद्वारा आयोजना गरिएको एक साता लामो साँस्कृतिक तथा अध्यात्मिक शिबिर सोमबारबाट युलेशमा शुरु भएको छ । अमेरिकामा जन्मेका र हुर्केका नेपाली समुदायका बालबालिकाहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त शिबिरमा टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रका ३ सय बालबालिकाहरुले साँस्कृतिक तथा अध्यात्मिक विषयमा जानकारी प्राप्त गर्ने    छन ।
यहाँको परिवेशका कारण अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुमा नेपाली भाषा, सँस्कृति प्रति निकटता देखिएन । नेपाली बालबालिकाहरुलाई साँस्कृतिक तथा अध्यात्मिक ज्ञान दिन एक साता लामो साँस्कृतिक तथा अध्यात्मिक शिबिरको आयोजना गरिएको नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले बताउनु भयो ।
साँस्कृतिक तथा अध्यात्मिक शिबिरमा अध्यात्मिक जागरण, प्रेरक कथाहरु, योग, ध्यान, मित्रता, आत्मविश्वास निर्माण, नेपालको परम्परागत चित्रकला, नेपाली नाटक र नृत्य र वित्तीय साक्षरता सम्बन्धि ज्ञान दिने कार्यक्रम रहेको छ ।
डा. बलायरका अनुसार सहभागिहरुको अत्यधिक चाप र व्यवस्थापनमा सहज होस भनेर जुनियर बालबालिकाका लागि जुलाई १५ देखि २१ सम्म र सिनियरका लागि जुलाई २२ देखि २८ सम्म कक्षा हुनेछन् । शिबिरमा डा. चिन्तामणि योगी मुख्य बक्ता(प्रशिक्षक) र बिषय अनुसार अन्य सहायक प्रशिक्षक प्रशिक्षकले सहजिकरण गर्नु हुने ग्लोबल नेपाली पाठशालाले जनाएको छ ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशको सभाकक्षमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, युलेश सिटीका उप मेयर टीका पौडेल, नेपाली समाज टेक्सासका बरिष्ठ, उपाध्यक्ष जनक भण्डारी, ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायर, नेपाली मन्दिरका पुजारी मेघनाथ निरौलाले नेपाली साँस्कृतिक तथा अध्यात्मिक शिबिरको महत्वको बारेमा बोल्नु भएको थियो ।
गर्मी मौसमको स्कुल छुट्टीको समयमा नेपाली समाज टेक्ससले सन २००७ देखि स्कुल जाने उमेरका बालबालिकाहरुलाई हिन्दु धर्म, संस्कार, संस्कृति, नैतिक शिक्षाका बारेमा जानकारी दिन समर क्याम्प आयोजना गर्दै आएको छ ।
नेपाली समाज टेक्सासले अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुलाई नेपाल प्रति निकटता बढाउन बिभिन्न जानकारीमूलक, शिक्षामूलक कार्यक्रमहरु आयोजना गर्दै आएको नेपाली समाज टेक्सासले जनाएको छ ।

Share655SendTweet409

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
गायिका कार्कीको स्वरमा  “भक्ति भजन राधे राधे”

गायिका कार्कीको स्वरमा “भक्ति भजन राधे राधे”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।