राप्ति सेवा समाज अमेरिका न्युयोर्कको अध्यक्षमा दाङका दिपक भट्टराइ सर्बसहमतिबाट चयन भएका छन।
मङलबार अगस्त १३ तारिकका दिन सस्थाको पहिलो अधिबेशनबाट अध्यक्ष सहित सबै पधादिकारि एव कार्यसमिति सर्ब सहमतिबाटै चयन गरिएको हो।
जस्को बरिस्ठ उपाध्यक्षमा कृष्ण खड्का अन्य उपाध्यक्षहरुमा लोकमणि न्यौपाने,भावना ओलि, बिनोद केसि, बिनय धिताल र जुद्द ओलि त्यस्तै महा-सचिबमा बसन्त अधिकारि, सचिवमा तुल्सिराम ओलि, सह -सचिवमा उमेस बस्नेत, कोषाअध्यक्ष खेमराज ओलि, सह -कोषाअध्यक्षमा शिशिर रावत र सदश्यहरुमा तारा प्रसाद ओलि ,बिमला ओलि ,टेक बहादुर ओलि, शृजा थापा हेमराज केसि ,रन्जना बस्नेत, महेन्द्र खडका ,भरत भट्टराइ ,टिकाराम भण्डारि बाबुराजा सिह ,युवराज देबकोटा रहेका छन भने सस्थाको समरक्षकमा सम्भु बिस्ट, सन्चार बिभाग प्रमुखमा सन्तोष शर्मा र सान्स्कृतिक बिभाब प्रमुखमा चन्द्र ओलिलाइ चयन गरिएको छ।

अध्यक्ष केशब बस्नेतको अध्यक्षता एव जेस्ठ नागरिक मिन बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कर्यक्रममा तुल्सिपुर उपमहानगर पालिका दाङकि उपमेयर स्यानि चैधरि, साहित्यकार तथा राप्ति समाज काठमाण्डौ नेपालका पुर्ब अध्यक्ष ससि शर्मा मजगैया, सल्लाहकार यम अधिकारि, बिकास बिस्ट लगायतका बक्त्ताहरुले शुभकामना मन्तब्य राख्दै सन्स्थाले राप्तिबासिको अप्ठेरो सफ्ठेरो देखि नेपालिहरुको चाडबाड रितिरिवाजलाइ सङै मनाउने एक पुलका रुपमा काम गर्दै आइरहेकोमा जोड दिदै आगामि दिनहरुमा पनि बिगतका कामहरुलाइ प्राथामिकतामा राख्दै आगामि नया कार्यक्रम बनाएर सन्स्थालाइ बिस्वभर चिनाउन सुझाब समेत दिएका थिए।

अ्मेरिकाको न्युयोर्क राज्यमा बसोबास गर्ने साबिक राप्तिबासि नेपालिहरुको साझा सन्स्थाका रुपमा स्थापना भएको सन्स्थाका नब निर्बाचित सबैलाइ निर्बाचन समितिका समयोजक गितकार एव साहित्यकार अरुण कुमार शाहले बधाइ ज्ञापन तथा प्रमाणपत्र बितरण गर्नुभयो।
समाजको बिधान अनुरुप पहिलो साधारन सभा संगै नया नेतृत्व चयनका लागि भएको उक्त कार्यक्रमको सन्चालन महासचिब कृस्ण खडकाले गरेका थिए भने कार्यक्रममा १०० जना भन्दा बढिको उपस्थिति रहेको थियो।








