अमेरिकाको भर्जिनियामा नेपालका चर्चित कलाकारहरुले एक साथ प्रस्तुती दिने भएका छन् । भर्जिनियाको मनाससमा चर्चित कलाकार अञ्जली अधिकारी, गायिका मिलन नेवार र गायकखेम सेन्चुरीले एकसाथ आफ्नो साँस्कृतिक र साँगीतिक प्रस्तुती दिने भएका हुन् ।
अगष्ट १८ तारिक आईतवारका दिन साँझ ६ बजेबाट सु्रु हुने यस कार्यक्रमको प्रस्तोता रुपमा संचारकर्मी राधिका अधिकारी रहने छन् ।
लाईभ शो विथ सुपर स्टार नाम दिईएको यस कार्यक्रमबारे आवश्यक जानकारीका लागि आयोजक कमिटीले कार्यक्रम मिती, स्थल, समयसंगै सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ । जसमा उख्लेख भए अनुसार थप जानकारीका लागि चन्द्र लामालाई सम्पर्क गर्न सकिने छ ।
कार्यक्रमलाई सफल बनाउनका लागि आकर्षक तयारीमा खटिरहेको आयोजक कमिटीले भर्जिनिया र मनास्सस क्षेत्रका नेपालीहरुलाई सहभागिताका लागि अनुरोध गरेका छ भने कलाकारहरुले पनि सो क्षेत्रका नेपालीहरुलाई उपस्थितीका लागि आग्रह गरेका छन् ।








