भर्जिनियाकोे मनाससमा हत्या गरिएकी नेपाली चेली ममता काफ्लेकी छोरीको सहयोगार्थ अहिले सम्म २ लाख ३८ हजार २ सय ३७डलर संकलन भएको छ । २ लाख ५० हजार डलरको लक्ष्य सहित संचालित गो फण्ड संचालनको छोटो समयमा नै लक्ष्य अनुरुप रकम संकलन भएको हो ।
मनासस शहरबाट हराई रहेकी नेपाली मूलकी नर्स ममताको हत्या आरोपमा उनका पति नरेश भट्टलाई प्रहरीले गिरफ्तार गरि सकेको भएपनि ममताको शव भने अझै फेला पर्न सकेको छैन ।
१ बर्षिया उनकी छोरी आमा बाबा विहिन भनेपछि नेपाली समुदायले ममताकी छोरीको हेरचाहका लागि गो फण्ड संचालन गरेको हो । संकलित सबै रकम मुद्दती खातामा राखिने बताईएको छ ।

हजारौंको संख्यामा ममताकी छोरीलाई सहयोग गरेका नेपालीहरुबाट संकलित सो रकम संकलन गो फन्डमा भनिएको छ हामी ममताको लागि न्यायको खोज्न र ट्रस्ट खाताको कोष मार्फत आमाको रूपमा सम्मान गर्न चाहन्छौं ।
ममताको हत्या अरोपमा पकाउ परेका उनका पति नरेशले अझै पनि हत्या स्वकार गरेका छैनन र लास कहाँ छ भनेका छैनन् । धरौटीमा छुट्ने नरेशको योजना भएपनि अगस्त २४ का दिन बिहान न्यायाधिशले उनको धरौटी अस्विकार गरेका थिए । भट्ट अगस्त २९ मा बिहिबारका दिन अदालतमा उपस्थित भएका थिए ।
ममताकी छोरीलाई सहयोग गर्न चाहनेहरुले यो लिंकमा क्लिक गर्नुहोस