हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अन्तरवार्ता

‘अवार्ड सातौं संस्करणसम्म आईपुग्नुको श्रेय कलाप्रेमीहरुलाई जान्छ’

Reporterclub America by Reporterclub America
September 8, 2024
in अन्तरवार्ता, अमेरिका विशेष, मनोरञ्जन, रिपोर्टर्स खोज, समाचार
‘अवार्ड सातौं संस्करणसम्म आईपुग्नुको श्रेय कलाप्रेमीहरुलाई  जान्छ’

नेपाली सिने जगतको गरिमालाई थप विस्तार, प्रवद्धन र संरक्षणको उदेश्यले सन् २०१६ देखि नेपाली बाहुल्य राज्य अमेरिकाबाट आफ्नो विश्वव्यापि यात्रा सुरु गरेको ग्लोबल नेपाली फिल्म अवार्ड यस बर्ष पनि अमेरिकाको न्यूयोर्कमा आयोजना हु्ँदैछ ।

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजना तथा स्थानिय मुख्य आयोजकका रुपमा त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क र दिल कुमारी केसी मेमोरियल फाउण्डेसन रहेको यस पटकको अवार्डका लागि मुख्य प्रायोजकका रुपमा एटिए एभरेष्ट ग्रुपसंग सहकार्यमा भएको छ ।

अवार्डको सातौं संस्करण एटिए एभरेष्ट ग्लोवल नेपाली फिल्म अवार्ड २०२४ यहि सेप्टेम्बर १५ तारिख आइतबार न्यूयोर्क स्थित क्विन्स शहरमा आयोजना हुनेछ ।सबैको सपनाको देश अमेरिकामा विभिन्न सपना बोकेर आएका नेपाली कलाकर्मी र नेपालका कला क्षेत्रसंवद्ध व्यक्ती तथा संघ संस्थाका लागि सेतुको भुमिका निर्वाहको उदेश्य सहित आयोजना हुँदै आएको यस अवार्डको सातौं संस्करणको मिति नजिकिंदै गर्दा आयोजक कमिटीले तयारीलाई पनि थप तिव्रता दिएको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहन, बजार प्रवर्धन, कलाकर्मी पुनर्मिलन र चलचित्र पर्यटन जस्ता महत्वपुर्ण विषयलाई आफ्नो मुख्य उदेश्यका रुपमा प्रस्तुत गरिएको यस अवार्ड समारोह केन्द्रित रहेर ग्लोबल नेपाली फिल्म अवार्डका ग्लोवल चियर नवराज श्रेष्ठसंग रिपोर्टर्स क्लब अमेरिकाकी सम्पादक सुष्मा देवकोटाले गरेको कुराकानी

अवार्डको तयारी कस्तो हुँदैछ ?


सदाका बर्षहरुमा झैं यस बर्ष पनि अवार्डको तयारी तिव्रताका साथ हुँदैछ । आ आफ्नो जिम्मेबारीमा रहेर अवार्डसंग सम्बन्धित हामीहरु सबैजना अवार्डको सातौं संस्करण पनि पूर्ण सफलताका साथ सम्पन्न गर्ने लक्ष्यमा रहेकाले जति जति अवार्ड नजिकिदै छ हाम्रो दाहित्वको सिमा पनि उति नै फराकिलो बन्दै गहिरहेको महशुष हामीलाई छ र त्यहि अनुरुप कामहरु भै रहेका छन् ।


ग्लोवल चियरका हैसियतमा यस अवार्डमा तपाँईका जिम्मेबारीहरु के कस्ता रहेका छन् ?


यो उत्तर मेरा लागि अति सजिलो छ । एउटा बुवा आमालाई आफुले जन्माएका बच्चाहरुप्रति जुन प्रकारको जिम्मेबारी बोध हुन्छ मलाई पनि ग्लोबल नेपाली फिल्म अवार्डप्रति सोही प्रकारले जिम्मेबारी महशुष हुन्छ । सन्तान जति जति हुर्कदै जान्छ माता पिताको जिम्मेबारी पनि उत्तीकै बढ्दै जान्छ , उसको सफलताले खुसी दिन्छ, उसको असफलताले पिडा दिन्छ ।

अवार्डको ग्लोवल चियर पर्सन भै सकेपछि यसको सम्पूर्ण जिम्मेबारी लिन सक्नुपर्छ र नेपाली सिने क्षेत्रलाई माया गर्ने दर्शकहरु, अग्रज कलाकर्मीको आर्शिवाद र मार्ग दर्शन, समकालिन र अनुज कलाकर्मीको यस क्षेत्रप्रतिको सकारात्मक नजर र सहयोग लगायतका धेरै पक्षहरुका कारण आज सम्म मैले यो जिम्मेबारी बहन गर्न सकेको छु । त्यसैले त आज अमेरिका जस्तो देशका विभिन्न राज्यमा अवार्ड आयोजना सम्भव भै रहेछ हैन त ?

सातौं एटिए एभरेष्ट ग्लोवल नेपाली अवार्ड आयोजना पनि धेरैको साथ र सहयोगका कारण नै सम्भव भएको हो । जसका लागि एटिए एभरेष्ट ग्रुपका चियर पर्सन सुनिल पाठक र उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु । साथै मेरा अग्रज दाई बरिष्ठ नायक जो संधै नेपाली चलचित्र उद्योगलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर सोचिरहने दाई कृष्ण मल्ल दाई, बाग्मती प्रदेश सभा सदस्य तथा चलचित्रकर्मी मदु कुमार श्रेष्ठ जसको योगदान सबै संस्करणहरुमा महत्वपूर्ण रहँदै आएको छ ।

सातौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डका लागि अमेरिकाबाट मुख्य आयोजक संस्थाहरु त्रिवेणी ईन्टरटेन्टमेन्ट र दिलकुमारी फाउण्डेशनका मित्रद्वय नवराज केसी र खाम भट्ट तथा सम्पूर्ण ग्लोबल नेपाली फिल्म परिवार, नेपाल फिल्म सोसाईटी परिवार, देश विदेशमा रहनु हुने सम्पुर्ण चलचित्रप्रेमी दर्शक तथा सुभ चिन्तकहरुमा हार्दिक धन्यवाद ।हरेक अवार्डप्रति साथ र सहयोग पुर्याउँदै आउनु हुने मेरा परिवार सदस्य तथा नेपाल र अमेरिकाबाट समाचार संप्रेषणमा मद्यत पुर्याउँदै आउनु भएका संचारकर्मीहरुप्रति पनि आभारी छु ।

कसरी र कुन उदेश्यले सुरु भएको थियो ग्लोवल नेपाली फिल्म अवार्ड ?


अमेरिका लगायत विभिन्न देशहरुलाई कर्मथलो बनाईहनु भएका कलाकर्मीहरुबाट नेपाली माटो छुटेपनि त्यो माटोको रंगले रंगीन हाम्रो नेपाली कला क्षेत्रप्रतिको प्रेम यथावन् नै रहेको छ । यो प्रेमलाई जोड्ने सेतुको आवश्यकता देखियो । जसका लागि सबैभन्दा प्रभावकारी माध्यम चलचित्र अवार्ड नै हुन सक्थ्यो र हामीले लामो समय पटक पटक छलफल गरेर सन् २०१६ बाट सबैको सपनाको देश अमेरिकाबाट ग्लोबल नेपाली फिल्म अवार्डको सुरुवात गरेका थियौं ।

नेपाली सिनेमा गाउँदेखी विश्व सम्म भन्ने मुल नाराका साथ सन् २०१६ मा अमेरिकाको कोलोराडोमा सम्पन्न पहिलो अवाड र हामीप्रतिको सकारात्मक विश्वासका कारण नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचानको उदेश्य सहित दोस्रो र तेस्रो अवार्ड पनि कोलोराडोको डेनभरमा सम्पन्न भएको थियो भने सन् २०१९ मा क्यालिफोर्नियाको सान्सफ्रान्ससिस्को शहरमा पनि भव्य रुपमा अवार्ड सम्पन्न भएका थियो ।

विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सन् २०२० र २०२१ मा आयोजना हुन नसकेको यस अवार्ड २०२२ मा कोलोराडो र २०२३ न्यूयोर्कमा सम्पन्न भएको थियो । नेपाली बाहुल्य राज्य न्यूयोर्कमा नै यस बर्ष अर्थात सन् २०२४ का लागि एटिए एभरेष्ट ग्लोवल नेपाली फिल्म अवार्ड यसै साता आयोजना हुँदैछ ।

अमेरिकामा निरन्त नेपाली चलचित्रक अवार्ड गर्दै गर्दा तपाँईले देखेको चुनौतीहरु के कस्ता छन् ?


ओहो यो त तपाँईले निकै सान्दर्भिक प्रश्न गर्नुभयो । एउटा सामान्य कार्यक्रमका लागि त धेरै गम्भिर भएर सोच्नु पर्ने हुन्छ भने यो त परिकल्पना सहितको विश्वव्यापि उदेश्य बोकेको अवार्ड । एकचोटी तपाँई आफैं सोच्नुहोस व्यस्त दिनचर्या रहने विदेशमा यति ठुलो ईभेन्टहरु गर्दा कति असजिलो र चुनौतीसंग हाम्रो साक्षात्कार हुन्छ होला ।

अमेरिका मात्र होई विदेशमा अवार्ड गर्नु भनेको केवल कार्यक्रम गर्नु मात्र होइन । विदेशमा नेपाली चलचित्रको विस्तार र बजारको व्यवस्थापन गर्नु, विदेशमा रहेका नेपालीलाई आफ्नो मौलिक चलचित्र र संस्कृतिसँग जोड्ने वातावरणको सृजना, विदेशी चलचित्र नेपालमा छायांकन गर्न प्रेरित गर्दै राष्ट्रिय अर्थतन्त्र र पर्यटन क्षेत्रमा योगदान पुर्याउने देखि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने लगायतका उद्देश्यहरु पुरा गर्दै गर्दा आर्थिक, मानसिक सामाजिक सबै व्यवस्थापनको प्रेसर रहन्छ नै ।

पहिलो कुरा त आर्थिक संकलन नै चुनौती हो । दर्शक जुटाउनु, हरेक किशिमको व्यवस्थापन गर्नु, ठुलो मात्रमा गेष्टहरुलाई म्यानेज गर्नु नै आफैंमा एक ठुलो चुनौती हो ।


सातौं संस्करण सम्म आईपुग्दा अवार्डले हासिल गरेका सफलताहरुलाई कसरी सम्झनु हुन्छ ?


जसरी निरन्तरको यात्रामा विभिन्न चुनौतीहरु आए त्यसैगरी सातौं संस्करण सम्म आईपुग्दा अवार्डले धेरै सफलताहरु प्नि हासिल गरेको छ । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहन, बजार प्रवर्धन, कलाकर्मी पुनर्मिलन र चलचित्र पर्यटन जस्ता महत्वपुर्ण विषयलाई ध्यानमा राखेर आयोजना हुँदै आएको अवार्डले विदेशमा रहेका नेपाली कलाकारलाई पुन नेपाली चलचित्रमा फर्कनका लागि समेत प्रेरित गरेको छ । सन् २०१६ यताको समयलाई मात्र हेर्ने हो भनेपनि विदेशमा कर्मथलो बनाएपनि आजको समयमा नेपाल गएर धेरैले चलचित्र निर्माण गर्दै आउनु भएको छ भने धेरै अभिनयमा फर्कन चाहनेहरुका लागि समेत एक वातावरण सृजना भएको छ ।

हाम्रो उदेश्य र कर्म पारदर्शी छ त्यसैले पनि नेपाल र नेपाल बाहिर भएका कलाकारहरुको सुमधुर सम्बन्ध कायम गर्नमा ग्लोबल नेपाली फिल्म अवार्ड संधै गम्भिर रहँदै आएको छ । अमेरिका र नेपाल विचको सम्बन्धमा समेत यस अवार्डले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुगेको छ । यि त देखिएका प्रत्यक्ष सफलता भए प्रत्यक्ष नदेखिएका सफलतापनि छन् जसरी नदेखिएका चुनौतीहरु छन् ।

Share675SendTweet422

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
अमेरिकामा फेरी अर्की  नेपाली चेलीको घर भित्रै हत्या

टेक्सासमा हत्या गरिएकी मुनाको अन्तिम संस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।