डलास, टेक्सास
नेपाली समाज टेक्सास (NST) ले “NST कानुनी परामर्श सेवा” नामक मासिक भर्चुअल कानुनी सल्लाह कार्यक्रम आगामी बुधबार, मे २८, २०२५, साँझ ७:०० देखि ८:३० (CST) बजेसम्म आयोजना गर्न लागेको छ। कार्यक्रम NST को फेसबुक पेजमा प्रत्यक्ष प्रसारण (LIVE) हुनेछ।
कार्यक्रममा NST Attorney Advisor वरिष्ठ अधिवक्ता केशव राज सेढाई प्रमुख वक्ताका रूपमा रहनेछन् भने NST का प्रवक्ता किरण पौड्यालले कार्यक्रम सञ्चालन गर्नेछन्।
यस संस्करणमा निम्न महत्वपूर्ण विषयहरूमा जानकारी दिइनेछ:
• Family Petition को प्रक्रिया र ढिलाइ (Backlogs and Delays)
• सानो अपराध (misdemeanor) ले citizenship, green card renewal वा asylum मा पार्ने सम्भावित असर
• TPS (Temporary Protected Status) सकिनुअघि नेपाली TPS धारकहरूले कानुनी रूपमा स्थिति सम्हाल्ने रणनीतिहरू
• समसामयिक कानुनी समाचार र अद्यावधिकहरू
कार्यक्रम सबैका लागि खुला रहेको छ र सहभागीहरूले आफ्ना जिज्ञासा र प्रश्नहरू प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।
नेपाली समाज टेक्सास को यो प्रयास आप्रबासी नेपाली समुदायमा कानुनी चेतना बढाउन र आवश्यक परामर्श सहज रूपमा उपलब्ध गराउन गरिएको हो।