हाम्रो बारेमा
Thursday, July 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया सम्पन्न

Kishan Regmi by Kishan Regmi
August 11, 2025
in अमेरिका विशेष, बिचार\विमर्ष, समाचार
टेक्सासमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया सम्पन्न

राम प्रसाद अधिकारी , टेक्सास

अमेरिकाको भ्रमणमा रहेका राप्रपाका प्रवक्ता तथा नेपालका साहसी र प्रभावशाली नेता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)सँग NRNA टेक्सास च्याप्टरको आयोजना तथा पानस अमेरिकाको सहकार्यमा टेक्सासस्थित भेटघाट रेष्टुरेन्टमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व NRNA टेक्सास च्याप्टरका अध्यक्ष निलेश श्रेष्ठले गर्नुभयो भने सञ्चालन सचिव रोचक गौतमले गर्नुभयो। उपस्थित अतिथिहरूलाई पानस अमेरिकाका अध्यक्ष रवि रावलले स्वागत गर्नुभयो।

कार्यक्रममा NRNA ICCका महासचिव गौरि राज जोशी, NRNA NCCका उपाध्यक्ष कुमार तामाङ, NRNA ICC सदस्य सोफिन थापा, NRNA NCC सदस्य राजेश अधिकारी, युएनएका संस्थापक अध्यक्ष पासाङ लामा, युलेस सिटीका उप–मेयर टिका पौडेल, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, पत्रकार महासंघ र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। करिब १०० भन्दा बढी सहभागी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

अन्तरक्रियामा सहभागीहरूले विविध विषयमा प्रश्न राखे जसका शाहीले आत्मविश्वासका साथ उत्तर दिनुभयो। उनले संविधानका धारा, नेपालको वर्तमान राजनीतिक अवस्था, भ्रष्टाचार, नागरिकता ऐन र गैरआवासीय नेपालीका हकहितबारे धाराप्रवाह र तथ्याङ्कसहित आफ्ना विचार राखे।

शाहीले ठूला राजनीतिक दलहरूले संविधान र ऐन परिवर्तन गरी विकासमा अवरोध पुर्याएको र नेपालमा पालैपालो सत्ता कब्जा गरेर वर्तमान संकट निम्त्याएको आरोप लगाउँदै २०८४ को निर्वाचनमा सही दललाई मतदान गर्न आह्वान गरे। गैरआवासीय नेपाली नागरिकता ‘कागजको खोस्टो’ मात्र भएको टिप्पणी गर्दै प्रवासका नेपालीको सक्रिय भूमिका आवश्यक रहेको बताए।

उनले राजनीतिक परिवर्तनका प्रत्येक चरणमा नागरिकता ऐन आएको ऐतिहासिक तथ्य स्मरण गराउँदै वंशजको नागरिकता खारेज हुनु नहुनेमा जोड दिए। साथै, २०८४ को निर्वाचनमा भौतिक रूपमा नेपाल पुगेर मतदान गर्न उपस्थित सबैलाई आग्रह गरे।

कार्यक्रममा युएनएका संस्थापक अध्यक्ष पासाङ लामा, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले लगायतका वक्ताहरूले शाहीको स्पष्ट र सशक्त अभिव्यक्तिको प्रशंसा गरे। उपस्थितहरूले टेक्सासमा नेपाली दूतावासको अफिस स्थापना गर्न उनले खेलाएको भूमिकाको समेत उल्लेख गरे।

Share680SendTweet425

सम्बन्धित खवर

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

Next Post
एनआरएन क्यानडाको क्यालगरीमा ‘मिट एण्ड ग्रिट’ सम्पन्न

एनआरएन क्यानडाको क्यालगरीमा ‘मिट एण्ड ग्रिट’ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।