डालस, टेक्सास —
हरितालिका तिजको अवसरमा नमस्ते इन्टरटेन्टमेन्टको आयोजनामा आगामी अगस्ट २२, शुक्रबार बेलुकी ‘तिज फेस्ट डालस २०२५’ आयोजना हुने भएको छ। कार्यक्रम बेलुकी ७ बजेदेखि मध्यरात १२ बजेसम्म नमस्ते ग्रिल एण्ड स्पोर्ट्स बार, अर्भिंगमा सञ्चालन हुनेछ।
कार्यक्रममा चर्चित गायिका एलीना चौहान, गायक बद्रि पंगेनी, प्रताप दास, कला लम्साल साथै स्थानीय कलाकार छबिराज सुनारले प्रस्तुति दिनेछन्। कार्यक्रमको सञ्चालन लोकप्रिय प्रस्तोता मौषम भट्टराईले गर्नेछन् भने आफ्टर पार्टीमा डीजे सुसान्तले प्रस्तुति दिनेछन्।
आयोजकका अनुसार टिकट दर सामान्य प्रवेशका लागि ४० डलर, विद्यार्थी महिलाका लागि ३० डलर (मान्य परिचयपत्रसहित) र चार जनाको भिआपी टेबल ३०० डलर तोकिएको छ।
संगीतमय तीज पर्वलाई भव्य बनाउन तयार गरिएको यो कार्यक्रमलाई अमेरिकाभरका दर्शकहरूले उत्साहपूर्वक प्रतिक्षा गरिरहेका छन्।