अर्भिंग, टेक्सास —
अमेरिकाको टेक्सास राज्यस्थित आइरभिङमा आगामी सेप्टेम्बर २७, २०२५ शनिबार भव्य “MoMo Festival 2025 – दशैंतिहार मेला” आयोजना हुने भएको छ।
Mo:Mo To Goको प्रस्तुतिमा र Bankhead Brewpubको टाइटल स्पोन्सरमा आयोजना हुने यस कार्यक्रममा लोकप्रिय गायक–गायिका तथा कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रममा गायक सुगम पोखरेल, महेश काफ्ले, प्रेम राजा महत, अभिनेत्री दीपाश्री निरौला, अश्मिता अधिकारी, शान्ति भण्डारी, मीना पोखरेल, हास्य कलाकार दीपकराज गिरी र जितु नेपाल, साथै प्रस्तोता आसिफ शाहको विशेष उपस्थिति रहनेछ।
Levy Event Plaza, 501 E Las Colinas Blvd, Irving, TX मा हुने यो कार्यक्रम दिउँसो २ बजेदेखि राति १० बजेसम्म चल्नेछ।
कार्यक्रमको व्यवस्थापन Trifecta Event Managementले गर्नेछ भने दर्शकहरूको मनोरञ्जनका लागि विविध सांगीतिक प्रस्तुति, खानपान र सांस्कृतिक गतिविधिहरू रहनेछन्।
टिकट बिक्री सुरु भइसकेको छ र www.momofestivals.com मा अनलाइन खरिद गर्न सकिनेछ।