राम प्रसाद अधिकारी , डल्लास —
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका को पूर्ण कार्यसमिति बैठक जनवरी ४, २०२६ का दिन अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठक भर्चुअल (Zoom) माध्यमबाट सम्पन्न भएको हो ।
बैठकले संगठन सुदृढीकरण, संरचनात्मक विस्तार तथा भावी कार्यदिशालाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा गरेको छ।
🔹 प्याट्रोन समिति गठन
बैठकले संघलाई मार्गदर्शन तथा सल्लाह प्रदान गर्ने उद्देश्यले प्याट्रोन समिति गठन गर्दै निम्न व्यक्तित्वहरूलाई मनोनयन गरेको छ।
चीफ प्याट्रोन
- शिव राई – न्यू ह्याम्पशायर
प्याट्रोन सदस्यहरू
- भुवन आचार्य – टेक्सास
- डा. संजु महतो – ओहायो
- कुलमणि आचार्य – मेरील्यान्ड
- सुनिता सापकोटा कन्डेल – क्यालिफोर्निया
- डा. तारा सिग्देल – क्यालिफोर्निया

🔹 १३ सदस्यीय सल्लाहकार समिति
बैठकले निम्न व्यक्तिहरूलाई सल्लाहकार समितिमा मनोनयन गरेको छ।
बलराम थापा (क्यालिफोर्निया), डा. डोल्मा लामा (क्यालिफोर्निया), डा. शिलु न्यौपाने (टेक्सास), केशव लोहनी (केन्टकी),बिरोचन नेपाल (म्यासाचुसेट्स), प्रीति सागर खत्री (आयोवा), पुरुषोत्तम पाण्डे (कोलोराडो), रैबत राज पौडेल (कोलोराडो), राजकुमार पाण्डे (क्यालिफोर्निया), रामचन्द्र भट्ट (टेक्सास), रामेश्वर बुर्लाकोटी (न्यूयोर्क), सुन्दर कर्माचार्य (टेक्सास) र सुनिता बस्नेत (भर्जिनिया)।
🔹 ३१ सदस्यीय अनररी काउन्सिल गठन
बैठकले निम्न व्यक्तिहरूलाई अनररी काउन्सिल सदस्यका रूपमा मनोनयन गरेको छः
आकाश टोया ओझा (न्यू ह्याम्पशायर), अनु तामांग (टेक्सास), अर्जुन त्रिपाठी (टेक्सास), अशोक के.सी. (मेरील्यान्ड), बद्रि खतिवडा (मेरील्यान्ड), भरत थापा (मेरील्यान्ड), विन घले (न्यूयोर्क), चन्द्रमान गुरुङ (कोलोराडो), घन दवाडी (क्यालिफोर्निया), गोविन्द गौतम (टेक्सास), जयन्द्र लामा (पेन्सिलभेनिया), कमल सापकोटा (टेक्सास), कपिल भण्डारी (टेक्सास), केदार तिमिल्सिना (टेक्सास), लाक्पा शेर्पा (ओहायो), लाल कुंवर (भर्जिनिया), मिन गुरुङ (म्यासाचुसेट्स), प्रतीक्षा नेपाल (क्यालिफोर्निया), पुष्पा खड्का (न्यू ह्याम्पशायर), रवि रावल (टेक्सास), राजकुमार बिष्ट (न्यूयोर्क), राम चन्द्र सुवेदी (मेरील्यान्ड), रश्मि भट्ट (न्यूयोर्क), सबिता भट्टराई (टेक्सास), सशी यादव (टेक्सास), शेसकान्त खनाल (मेरील्यान्ड), शंकर गुरुङ (कोलोराडो), श्रद्धा अधिकारी (विस्कन्सिन), सुजन पण्डित (टेक्सास), तुलसी चौलागाईं (क्यालिफोर्निया) र उमापति मुसाल (टेक्सास)।
🔹 मिडिया कोर्डिनेटर मनोनयन
बैठकले किशन रेग्मीलाई एनआरएनए एनसीसी अमेरिकाको मिडिया कोर्डिनेटर पदमा मनोनयन गर्ने निर्णय गरेको छ।
एनआरएनए एनसीसी अमेरिकाले मनोनीत सबै प्याट्रोन, सल्लाहकार, अनररी काउन्सिल सदस्य तथा पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।










