नेपाली समाज टेक्सास (NST) अन्तर्गत सञ्चालित NST ग्लोबल नेपाली पाठशालाले आफ्नो शैक्षिक नेतृत्व टोली सार्वजनिक गरेको छ। नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राख्दै पाठशालाले अनुभवी र प्रतिबद्ध नेतृत्व चयन गरेको जनाएको छ।
सार्वजनिक गरिएको टिमअनुसार डॉ. भोज बहादुर बलायर संरक्षक (Patron) रहनुभएको छ भने ओजेश उप्रेती प्रधानाध्यापक (Principal) को जिम्मेवारीमा हुनुहुन्छ। विद्यालय समन्वयकर्ताको भूमिकामा अञ्जु चुडल रहनुभएको छ।
यसैगरी, जीविका अधिकारी, सुशील चौधरी र सबिन पाण्डे उप–प्रधानाध्यापक (Vice-Principal) का रूपमा चयन हुनुभएको छ।
नवगठित टिमले अमेरिका स्थित नेपाली बालबालिकालाई मातृभाषा शिक्षा, सांस्कृतिक चेतना र मूल्य–मान्यतासहितको गुणस्तरीय शिक्षामा नयाँ उचाइ प्रदान गर्ने अपेक्षा गरिएको छ।








