टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

टेक्सास, अमेरिका
मगर सँघ अमेरिका टेक्सास समितिद्वारा आईतबार टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगितामा सुदूरपश्चिम नेपाली समाज टेक्सास प्रथम भएको छ ।
यसैगरि उक्त प्रतियोगितामा गोर्खा अस्टिन टिम दोश्रो भएको थियो भने महिलाको दुई वटा टिम पहिलो र दोश्रो भएका थिए ।
प्रतियोगितामा प्रथम हुने पुरुष टिमलाई रु. २ हजार डलर र दोश्रो हुने टिमलाई रु. १ हजार डलर तथा ट्रफि, प्रमाण पत्र प्रदान गरिएको थियो । भने महिला भलिवल टिमलाई पनि पुरुस्कार तथा प्रमाण पत्र प्रदान गरिएको मगर सँघ अमेरिका टेक्सास समितिका अध्यक्ष भुवन आलेमगरले जानकारी दिनु भयो ।
यस बर्षको चैते दशैं तथा मगर सँघ अमेरिकाको १९ औं अवसर पारि भलिवल प्रतियोगिता आयोजना गरिएको मगर सँघ अमेरिकाले जनाएको छ ।
टेक्सासका बिभिन्न शहरबाट ११ वटा पुरुष भलिवल खेलाडी टिम र २ वटा महिला भलिवल खेलाडी टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको लागि नेपाली समाज टेक्सास लगायत बिभिन्न ब्यक्ति तथा सँस्थाहरुले सहयोग गरेका थिए । कार्यक्रममा युलेश सिटि काउन्सिल सदस्य टिका पौडेल, नेपाली समाजका पदाधिकारी सदस्यहरु, सुदूरपश्चिम नेपाली समाज टेक्सासका महासचिब गोबिन्द शाही लगायतको उपस्थिती रहेको सँघले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
6854 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x