टेक्सासको ड्यालसमा स्वास्थ्य सचेतना तथा स्व. कमल शर्मा स्मृति साँझ कार्यक्रमको आयोजना गरिने

टेक्सास, अमेरिका
टेक्सासको ड्यालसमा स्वास्थ्य सचेतना तथा स्व. कमल शर्मा स्मृति साँझ कार्यक्रमको आयोजना गरिने भएको छ ।
ड्यालस तथा फोर्टवर्थ क्षेत्रका नेपाली समुदायलाई क्यान्सर तथा अन्य स्वास्थ्य सम्बन्धि बिषयमा जानकारी दिईने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
कमल शर्मा फाउण्डेशनको आयोजना तथा अन्य नेपाली सामाजिक सँस्थाको सहभागितामा आगामी अप्रिल २९ शनिबारका दिन अर्भिङ स्थित करि लिफ रेष्टुरेन्टको सभाकक्षमा स्वास्थ्य सचेतनाका साथै मनोरन्जनात्मक कार्यक्रम आयोजन गरिने सामाजिक अभियन्ता देबी डेभिड आचार्यले जानकारी दिनु भयो ।
अभियन्ता आचार्यका अनुसार कार्यक्रममा बरिष्ठ डाक्टरहरुद्वारा क्यान्सर रोग तथा अन्य रोग र रोकथामका उपायका वारेमा जानकारी दिईने भएकाले नेपाली समुदायले उपस्थित भएर फाईदा लिन सक्नेछन ।
कमल शर्मा फाउण्डेशन टेक्सासको ड्यालसमा स्थापना गरिएको सामाजिक सँस्था हो । गत बर्ष क्यान्सर रोगबाट निधन भएका कमल शर्माको सम्झनामा उनकी पत्नी सरिता शर्माले कमल शर्मा फाउण्डेशन नामक सँस्था स्थापना गरेकी थिईन ।
टेक्सासको ड्यालसमा बसोवास गर्दै आएका कमल शर्मा नेपाली समुदायका अगुवा समाजसेवी, पेशाले सिपिय थिए । स्वर्गिय कमल शर्माको समाज सेवाको अभियानलाई निरन्तरता दिन फाउण्डेशनले काम गर्ने शर्माकी पत्नी सरिताले जानकारी दिनु भयो ।
अप्रिल २९ आईतबारको दिन आयोजना गरिने स्वास्थ्य सचेतना तथा कमल शर्मा स्मृति साँझ कार्यक्रममा बाग्लुङ्गको धौलागिरी अस्पताललाई फाउन्डेशनको तर्फबाट स्वास्थ्य उपकरण प्रदान गर्ने वारेमा घोषणा गरिने बताईएको छ ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
6532 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x