नयाँ बर्षको अवसरमा टेक्सासको अस्टिनमा बृहत बनभोज कार्यक्रम आयोजना गरिने

टेक्सास, अमेरिका
नेपाली नयाँ बर्ष २०८० को अवसरपारी टेक्सासको अस्टिनमा बृहत बनभोज कार्यक्रमको आयोजना गरिने भएको छ ।
अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिन क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायहरुलाई एकै स्थानमा भेला गराई यही अप्रिल २३ आईतबारको दिन बृहत बनभोज कार्यक्रम आयोजना गर्न लागिएको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले जनाएको छ ।
अस्टिनको Old Settlers Park Lakeview Pavilion मा आयोजना हुने बनभोज कार्यक्रम बिहान ११ बजे देखि बेलुकी ६ः३० बजेसम्म सन्चालन हुने ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
बनभोज कार्यक्रममा निःशुल्क प्रबेशका साथै स शुल्क स्वादिष्ट मम, चाट, पानीपुरी, सेल रोटी, डोसा, चाऊमिन, खाना थालीको व्यवस्था रहेको छ ।
कार्यक्रममा शुभकामना आदान प्रदान कार्यक्रमका साथै नेपालका चर्चि कलाकार मिलन लामाको बेजोड प्रस्तुती सहित बिविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष भट्टले बताउनु भयो ।
कार्यक्रममा हाँडी फुटाउने, डोरी तान्ने, म्युजिकल चियर, हाजिरिजवाफ प्रतियोगिता बालबालिकाहरुका लागि Free Popcorn, Cotton candy and bouncy house लगायतका कार्यक्रम रहेको समाजले जनाएको छ । ग्रेटर अस्टिन नेपाली समाजद्वारा आयोजना गरिएको बनभोज कार्यक्रममा सहभागि भई दिन हुन अस्टिन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा समाजले अनुरोध पनि गरेको छ ।

तपाईको प्रतिक्रिया के छ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
6338 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x