नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान

टेक्सास, अमेरिका
अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार” का लागि दरखास्त दिन आह्वान गरिएको छ ।
यो पुरस्कारको लागि नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थाले दरखास्त दिन सक्ने नेजाका महासचिब सुरज भण्डारीले जानकारी दिनु भयो ।
हरेक बर्ष नेपाल पत्रकार महासँघसँगको समन्वयमा छनौट गरि बितरण गरिने उक्त पुरस्कारको राशी २,२२,२२२.२२ (दुई लाख बाइस हजार दुईसय बाइस रुपैयाँ, बाइस पैसा) रहेको छ ।
उक्त पुरस्कारको लागि दरखास्त दिन ईच्छुक पत्रकारले २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्ममा प्रकाशन÷प्रशारण भएका कम्तिमा तीनवटा सामग्री नेपाल पत्रकार महासंघको इमेल fnjnepalcentral@gmail.com मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउन सक्ने महासचिब भण्डारीले जानकारी दिनु भयो । यससम्बन्धी थप जानकारी तथा फारमका लागि महासंघको वेबसाईट “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार” को लागि थप जानकारी आबश्यक भएमा नेपाल पत्रकार महासँघको वेवसाईट www.fnjnepal.org वा नेजाको वेबसाईट www.neajausa.org मा हेर्न सकिने नेजाले भनेको छ ।