नेपाल अमेरिका कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ बर्ष पूरा भएको अवसरमा टेक्सासको युलेशमा बिशेष कार्यक्रमको आयोजना गरिने

टेक्सास, अमेरिका
नेपाल अमेरिका कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ बर्ष पूरा भएको अवसरमा टेक्सासको युलेशमा बिशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेपाली समाज टेक्सासद्वारा उक्त अवसर आगामी जून महिनाको २ तारेखका दिन टेक्सासको युलेशमा “उत्सब कार्यक्रम” को आयोजना गर्न लागिएको अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो ।
्सन् १९४८ को फ्रेवुअरीमा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको र यो वर्ष यो सम्बन्धको ७५ वर्ष पूरा भएको छ । यस अबधिमा अमेरिका नेपालको प्रमुख बिकास साझेदारको रुपमा स्थापित भएको छ । त्यसैले नेपाल अमेरिका कुटनैतिक सम्बन्धलाई अझ सुदृढ बनाउन आबश्यक छ । यस खुशीयालीमा नेपाली समुदायले उत्सब कार्यक्रम आयोजना गर्न लागेको वाग्लेले बताउनु भयो ।
उक्त उत्सव कार्यक्रममा यूएसएआईडीको एसिया ब्यूरो प्रशासनका उपनिर्देशक प्रमुख अतिथि र अमेरिकाका लागि नेपाली राजदूत महामहिम श्रीधर खत्रीलगायत अन्य निर्वाचित प्रतिनिधि र समुदायका अगुवाहरुको सहभागिता रहने नेपाली समाज टेक्सासले जनाएको छ ।
नेपाली समाज टेक्सासले उक्त कार्यक्रममा सहभागिताका लागि नेपाली समुदायलाई आह्वान गरेको छ । नेपाली समाज टेक्सासका अनुसार कार्यक्रममा निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ । उत्सब कार्यक्रममा सहभागितको लागि तलको फारम भर्नु पर्ने छ । फारम पूरा गरिसकेपछि, तपाईंले एक धन्यवाद नोट प्राप्त गर्नुहुनेछ, जसले दर्ता पुष्टि गर्ने समाजले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
कृपया शेयर गर्नुहोस्
0 0 मतहरू
Article Rating
सदस्यता लिनुहोस्
को सूचित गर्नुहोस्
guest
0 टिप्पणी
Inline Feedbacks
सबै टिप्पणीहरू हेर्नुहोस्
6216 Shares
0
आफ्नो बिचार, कमेन्ट गर्नु होला।x
()
x