युलेश, टेक्सास
नेपाली समुदायको बाक्लो वसोवास रहेको ड्यालसको युलेश स्थित पशुपति नाथ तथा बुद्ध मन्दिरमा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) आयोजना गरिने भएको छ । नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको आयोजनामा आगामी चैत्र शुक्लपक्ष प्रतिपदा अप्रिल ९ देखि १७ सम्म अर्थात (चैत्र २७) देखि नवमी (वैशाख ५) सम्म हुने महायज्ञको लागि तयारी तिब्र पारिएको आयोजकले जनाएका छन ।
युलेसमा निर्माण हुन लागेको श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको लागि अर्थ सँकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रका पूजा समिति अध्यक्ष सिता सापकोटाले जानकारी दिनु भयो ।
अध्यक्ष सापकोटाका अनुसार श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार नेपाली समुदायको गौरवको परियोजना हो । नेपाली समुदायको बृहत सहभागितामा परियोजना सम्पन्न गर्ने लक्ष्य लिईएको छ । अमेरिकामा नेपाली समुदायद्घारा पहिलो पटक आयोजना हुन बृहत श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) मा नेपालका चर्चिच कथा बाचक पण्डित दिनबन्धु पोखरेलले कथा बाचन गर्ने कार्यक्रम तय भएको छ ।
श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञको प्रमुख उद्देश्य श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको प्रस्तावित वृहद् परियोजना सम्पन्न गर्ने नै हो । त्यसका अतिरिक्त प्रवासमा नेपाली साँस्कृतिक तथा अध्यात्मिक क्षेत्रको प्रबद्र्धन गर्ने र पुस्तान्तरण गर्ने पनि हो, अध्यक्ष सापकोटाले बताउनु भयो ।
महायज्ञ शुरु हुने अघिल्लो दिन नेपाली समुदायको बृहत सहभागितामा महायज्ञ शुरु हुने अघिल्लो दिन अप्रिल ८ तारेखका दिन युलेशमा कलस यात्रा आयोजना हुने छ । अप्रिल ९ देखि १७ तारेख सम्म हरेक दिन बिहान सामुहिक पितृ तर्पण कार्यक्रम आयोजना हुने र त्यसपछि महायज्ञका नियमित कार्यक्रम सन्चालन हुने छन ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रसँग महायज्ञका लागि १००८ कलस रहेको र खरिद गर्न ईच्छुक व्यक्तिहरुले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको आधिकारिक वेवसाईट धधध।यगचलअकअ।यचन मा गएर अनलाईन बुकिङ गर्न सकिने बताईएको छ । केन्द्रको वेवसाईटमा गएर सँस्था तथा श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ (नवाह) को वारेमा थप जानकारी लिन सकिने नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले जनाएको छ ।
अप्रिल ९ देखि १७ तारेख सम्म हरेक दिन बिहान पितृ उद्दारको लागि सामुहिक तर्पण कार्यक्रम सम्पन्न भएपछि मात्र श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञका कार्यक्रमहरु अगाडी बढ्ने नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले जनाएको छ । महायज्ञका क्रममा श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार बृहत परियोजना सम्पन्न गर्नका लागि ईच्छुक नेपाली समुदायले ३ हजार देखि १५ हजार डलर सहयोग गर्न सक्ने आयोजकले जनाएका छन ।
Rivo Casino Irish Luck Slots
ContentsUnderstanding Irish-Themed Slot MechanicsStep-by-Step Guide to Claiming a Rivo Casino BonusBonus Terms and Wagering Requirements ExplainedCommon Login and Gameplay IssuesWithdrawing...




