टेक्सास, अमेरिका
प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको टेक्सास राज्य कमिटीको अधिबेशन आगामी अप्रिल महिनाको २७ तारेखमा हुने भएको छ । टेक्सास राज्य कमिटीको अधिबेशन सम्पन्न गर्नको लागि राजु नेपालको सँयोजकत्वमा २३ सदस्यीय एक आयोजक कमिटी समेत गठन गरिएको छ । आईतबार युलेशमा सम्पन्न राज्य स्तरीय भेलाबाट राज्य अधिबेशन आयोजक कमिटी गर्नुका साथै अधिबेशनको मिति तय गरिएको सँयोजक राजु नेपालले जानकारी दिनु भयो ।
राज्य अधिबेशन आयोजक कमिटी सँयोजक नेपालका अनुसार आयोजक कमिटीका सदस्यहरुमा क्रमस मनिष थापा, मनोज धिताल, लक्ष्मण थापा, मधुसूदन ज्ञावली, राम अधिकारी, अर्जुन त्रिपाठी, गगन जिसी, उत्तम लोहनी र बिक्रम पाण्डे रहनुभएको छ ।
यसैगरी अन्य सदस्यहरुमा महेन्द्र बेलवासे, साधना पन्त, भीषण अधिकारी, रबीन निरौला, बाबूराम काफ्ले, रचना प्याकुरेल, पलिशा महर्जन, रन्जित पौडेल, समीर कार्की, गोकुल रिजाल, घनश्याम पोखरेल र दिवाकर लोहनी रहनु भएको आयोजक कमिटीले जनाएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष गोकर्ण दाहालको संयोजकत्वमा बिजयराज भट्टराई र भुवन अधिकारी रहेको ३ सदस्यीय निर्वाचन कमिटी पनि गठन गरिएको छ ।
प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीका अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता तथा अन्तराष्ट्रिय बिभाग उपप्रमुख जीवन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न राज्य स्तरीय भेलामा एनआरएनए आइसीसीका सल्लाहकार यमुना भट्टराईसहित जनक राना, कृष्णप्रसाद भण्डारी, बेधनिधि दाहाल, नारायण खडका, जीभलाल बुडा , नूरराज बस्याल, अर्जुन त्रिपाठी, प्रदीप तिमिल्सिना, शब्धिता प्याकुरेल लगायतका बक्ताहरुले प्रवासी नेपाली समुदायको पक्षमा मन्चले खेल्नुपर्ने भूमिकाको बिषयमा बोल्नु भएको थियो ।
टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...







