नेपाली समाज टेक्सास एनएसटीले महत्वपूर्ण स्वास्थ्य परिक्षण सहितको हेल्थ क्याम्प संचालन गर्ने भएको छ । एनएसटीले आगामी जुन १ तारिकका दिन टेक्ससको युलेश स्थित नेपाली साँस्कृतिक केन्द्रमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।
जुन १ तारिक शनिवार विहान ८:३० बजेबाट संचालन हुने यस शिविर दिउँसो ३ बजेसम्म संचालन हुनेछ । जहाँ पाठेघर र कार्निभल क्यान्सर देखि सुगर सम्मका परिक्षण र आवश्यकता अनुसार थप उपचारको व्यवस्था रहने छ ।

एनएसटी महिला उपाध्यक्ष सावित्रा भण्डारीले रिपोटर्स क्लव अमेरिकालाई दिएको जानकारी अनुसार बृहत सहभागितामुलक लक्ष्यका साथ आयोजना हुँदै गरेको यस शिविरबाट नेपाली समुदाय प्रत्यक्ष रुपमा लावाम्भित हुने देखिन्छ । महंगो परिक्षण शुल्क रहेको ब्रेस्ट क्यान्सर र कार्भिकल क्यान्सर लगायतका रोगहरुको नियन्त्रण तथा थप उपचारको सुविधा सहितको यस हेल्थ क्याम्पबाट आर्थिक अवस्था कमजोर भएका, हेल्थ कियर ईन्सुरेन्स नभएका तथा औसधोपचारबाट बञ्चित बर्गले स्वास्थ्य लाभ लिन पाउनेछन् ।
सुरुवाती चरणमा नै परिक्षण गर्नाले ब्रेस्ट क्यान्सर र कार्भिकल क्यान्सर हुनबाट र थप फैलनबाट रोक्ने तथा विरामीलाई बचाउने उदेश्यका साथ आयोजना हुँदै गरेको हेल्थ क्याम्पबाट स्वास्थ्य जागरुकता सहितको सामाजिक सचेतनामा पनि मद्यत मिल्ने देखिन्छ ।
त्यस्तै डा. विष्णु माया उपाध्यायाका अनुसार हेल्थ क्याम्पमा मुख्य परिक्षणका रुपमा रहेको ब्रेट तथा कार्निभल क्यान्सरको सुरुवाती परिक्षणका लागि मात्रै सामान्यतया ५ सय डलर भन्दा बढी पर्न आउँछ । परिक्षणका क्रममा कदम्कदाचित कुनै ब्यक्तीको स्वास्थ्यअ अवस्था असामान्य पाईएमा फ्रि फलो अपको समेत व्यवस्था रहेको बताउँदै डा. उपाध्याले थप उपचारका लागि Momcrief Cancer Institute ले नै अर्को एप्पोईन्टमेन्ट बनाउने हुँदा थप उपचारमा मद्यत मिल्ने जानकारी सहित सबैका लागि यो राम्रो अवसर भएको धारणा ब्यक्त गरेकी छन् । ४० बर्ष माथीका क्यान्सका विरामीलाई म्यामोग्राम गरिने यस शिविरमा २१ बर्ष माथीकाहरुलाई निशुल्क प्याप परिक्षण गरिने छ भने सोहि दिन पुरुष तथा घरका सम्पूर्ण सदस्यहरुको आफ्नो रगत परिक्षण, सुगर कोलेस्टोर लगायतका जाँच पनि निशुल्क गरिने छ ।
यस विषयको जानकारीका लागि एनएसटीको व्यवसाईट फेसबुक लगायतमा जानकारीमुलक फ्लायरहरु र सुचनाहरु सार्वजनिक भै रहेका छन् भने नाम दर्ताका लागि क्युआरकोर्ड पनि सार्वजनिक गरिएको छ । कार्यक्रमको तयारीमा जुटेको एनएसटीले बृहत सहभागिताको अपेक्षा सहित नेपाली समुदायलाई हेल्थ क्याम्पमा उपस्थित भै स्वास्थ्य परिक्षणका लागि अनुरोध गरेको छ ।







