युलेश, टेक्सास
बिश्व प्रेस काउन्सिलका महासचिब तथा बरिष्ठ पत्रकार किशोर श्रेष्ठले नेपाली पत्रकारिताको अबस्था खस्किदो अवस्थामा रहेको बताउनु भएको छ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा बुधबार युलेशमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा महासचिब श्रेष्ठले े बिज्ञापन बजार घट्दै गएकाले नेपालका करिब ७० प्रतिशत पत्रपत्रिकाहरु बन्द हुने अवस्थामा पुगेको बताउनु भयो ।
पत्रकारिताको अवस्था खस्किनुमा राजनैतिक प्रभाव पनि एउटा रहेको बताउदै वरिष्ठ पत्रकार श्रेष्ठले राजनैतिक रुपमा कित्ता छुट्याउने प्रबृत्ति व्यवसायिक पत्रकारिताको चुनौतीका रुपमा अगाडी आएको धारणा व्यक्त गर्नु भयो ।
नेपालको पत्रकारिता क्षेत्रको अवस्थाको वारेमा चर्चा गर्दै पत्रकारिता क्षेत्रमा टिकीरहन पेशागत दक्षता, बिषय बिज्ञता भन्दा पनि राजनैतिक दलको परिचय बनाउनु पर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताउनु भयो ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बावुराम दाहालको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रले बिभिन्न चुनौतीसँग लड्दै नेपालमा भ्रष्टाचार नियन्त्रण तथा सुशासनका क्षेत्रमा योगदान दिएको पत्रकार श्रेष्ठको भनाई थियो ।
प्रवासमा पनि नेपाली भाषाको पत्रकारिता गर्न निकै चुनौतीपूर्ण रहेको बताउदै पत्रकारिताको माध्यमबाट नेपाली समुदायका सवाल उजागर गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु पर्ने बिचार व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेती, कोषाध्यक्ष सरोज सिग्देल, सँरक्षक सुमन थापा, नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेती, पत्रकार कुमार रावत, सबु सापकोटा लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
उक्त अबसरमा नेपाल अमेरिका पत्रकार संघको तर्फबाट अध्यक्ष सुरज भण्डारीले पत्रकार किशोर श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
Rivo Casino Irish Luck Slots
ContentsUnderstanding Irish-Themed Slot MechanicsStep-by-Step Guide to Claiming a Rivo Casino BonusBonus Terms and Wagering Requirements ExplainedCommon Login and Gameplay IssuesWithdrawing...



